- १.३ सामाजिक र सांस्कृतिक रूपान्तरण
सामाजिक तथा सांस्कृतिक रुपान्तरण
समाज भनेको के हो ?
- ल्याटिन भाषाको Socius बाट Society शब्द बनेको हो। यसको अर्थ ‘मेलमिलाप’ वा ‘मित्रता’ भन्ने हुन्छ ।
- एकै ठाउँमा बसेर एक अर्काप्रति मित्रवत् व्यवहार गर्नुलाई समाज भनिन्छ। यसले साझा मूल्य, मान्यता, उद्देश्य, आदर्श, विचार, अनुभव बोकेर बसेका मानिसहरुको समूहलाई इंगित गर्दछ ।
- विभिन्न घटकहरूको संयोजन (धर्म, भाषा, लिङ्ग, पेशा, जाति, जाति, विचार, वर्ग, रंग, सोच, भावना, जीवनशैली, पोशाक, आदि)।
- मानवीय सम्बन्धको जालोको रुपमा रहेको समाजको आफ्नै किसिमको संरचना, संगठन र सम्बन्ध हुन्छ ।
- Society is the complex whole which includes knowledge ,belief ,art, morals ,law, custom and other capabilities and habits acquired by men as a member of society.(समाज एउटा जटिल समग्र हो जसमा ज्ञान, विश्वास, कला, नैतिकता, कानून, रीतिरिवाज र अन्य क्षमता र बानीहरू समावेश छन् जुन मानिसहरूले समाजको सदस्यको रूपमा प्राप्त गर्छन्। ) -E.B Taylor (ई बी टेलर)
- Society is the web of relationship (समाज भनेको सम्बन्धको जालो हो।) – Mac Iyer and Page (म्याक आइभर र पृष्ठ)
संस्कृति भनेको के हो ?
- संस्कृति समाजको ऐना हो। राष्ट्रको गहना हो।
- मानव जातिले आदिम कालदेखि आजको दिनसम्म आउने क्रममा विकास गरेको भाषा, धर्म, रितीरिवाज, चालचलन, मूल्यमान्यता, प्रविधि, पोशाक, प्रथा परम्परा एवं संगीत, साहित्य, नैतिकता र आचारविचारको समष्टि वा संगम नै संस्कृक्ति हो ।
- इवि टेलरको मत अनुसार संस्कृक्ति भनेको ज्ञान, कला, विज्ञान, विश्वास, नैतिकता, कानून एवं समाजको एक सदस्य भएको हैसियतले आर्जन गरेको क्षमता एवं आनिबानीको जटिल समग्रता हो।
- संस्कृति भनेको कुनै विशेष व्यक्ति वा समाजको विचार, रीतिरिवाज र सामाजिक व्यवहार हो।
- परम्परागत रुपमा चलिआएका बोलीचाली, खानपान, लवाइखवाइ, रहनसहन, रीति, प्रचलन, चाडपर्व, भेषभूषा, मूल्य, मान्यता, मर्यादा, शिष्टाचार, नैतिकता आदिको समष्टिगत रुप संस्कृति हो।
संस्कृतिका दुई प्रकार
(१ ) भौतिक संस्कृति देख्न छुन सकिने धार्मिक मेला, मन्दिर, मस्जिद, गुम्बा, आदि ।
(२) अभौतिक संस्कृति अनुभूत मात्र गरिने जस्तै, चाडपर्वको मर्म, धार्मिक भावना आदि ।
- वास्तवमा, समाज भनेको हाम्रो घर र संस्कृति भनेको हाम्रो जीवन पद्धतिको बाटो हो। समाज जहिले पनि संस्कृक्तियुक्त हुन्छ । संस्कृतिरहित मानव समाज हुनै सक्तैन ।
संस्कृतिका विशेषताहरु
- यो मानवनिर्मित हुन्छ ।
- यो सिकिएको व्यवहार हो ।
- यो अन्तरपुस्तागत हस्तान्तरित हुन्छ ।
- यो परिवर्तनशील हुन्छ ।
- यो आदर्शात्मक हुन्छ ।
- यो विविधतायुक्त हुन्छ ।
- यो प्रतीकात्मक हुन्छ ।
- यो शेयर (साझेदारी) गरिने खालको हुन्छ ।
- यो Continuous र Cumulative हुन्छ ।
- यो मानव समाजमा मात्र पाइन्छ ।
- यसले सामाजिक एकता कायम राख्दछ ।
सामाजिक/साँस्कृतिक रुपान्तरणको सैद्धान्तिक ढाँचा
- संरचनात्मक कार्यगत ढाँचा (Structural Functional Model)
- मार्क्सवादी ढाँचा (Marxist Model)
- प्रतीकात्मक ढाँचा (Symbolic Model)
- क्रमिक विकासवादी ढाँचा (Evolutionary Model)
- द्वन्द्ववादी ढाँचा (Conflict Model)
- विकासवादी ढाँचा (Development Model)
- परिवर्तनकारी नेतृत्व ढाँचा (Tranformational Leadership Model)
- सामुदायिक परिचालन ढाँचा (Community Mobilization Model)
रुपान्तरण भनेको के हो ?
- समाज/संस्कृतिका विविध पक्षमा आउने सकारात्मक परिवर्तन नै रुपान्तरण हो ।
- परिवर्तनका कुराहरु एक चरणबाट अर्को चरणमा प्रवेश गर्नु नै रुपान्तरण हो ।
- समाज/संस्कृक्तिमा परिवर्तन आउनु नै सामाजिक रुपान्तरण हो
- सामाजिक परिवेश, क्रियाकलाप, मूल्य, मान्यता, सरोकार र सम्बन्धका ढाँचा/शैलीहरुमा परिवर्तन आई एक अवस्थाबाट अर्को अवस्थामा पुग्ने प्रक्रिया/पद्धति वा अग्रगमन नै सामाजिक रुपान्तरण हो ।
- सामाजिक रुपान्तरण एक क्रमिक प्रक्रिया हो।
परिवर्तन र रुपान्तरणमा भिन्नता
- परिवर्तन सकारात्मक वा नकारात्मक जस्तो पनि हुन सक्छ तर रुपान्तरण सधै सकारात्मक मात्रै हुन्छ ।
- परिवर्तन पछाडि फर्कन पनि सक्छ तर रुपान्तरण सधै अगाडि नै बढिरहन्छ ।
- परिवर्तनमा सानो हिस्सा मात्र परिवर्तित हुन्छ तर रुपान्तरणमा Whole मै परिवर्तन आउँछ ।
- परिवर्तन गलत पनि हुन सक्छ तर रुपान्तरण कहिल्यै गलत हुँदैन ।
- परिवर्तन रुपान्तरणका लागि साधन मात्रै हुन सक्छ तर रुपान्तरण आफै नै साध्य हो।
- यसबाट के बझ्न सकिन्छ भने रुपान्तरण जहिले पनि स्थायी प्रकृतिको, प्रगतिशील र क्रान्तिकारी हुन्छ ।
सामाजिक रुपान्तरण
- समाजको संरचना, व्यवहार, प्राथमिकता र सोचमा हुने सकारात्मक परिवर्तन सामाजिक रुपान्तरण हो । सामाजिक अवस्थामा आउने सकारात्मक परिवर्तन नै सामाजिक रूपान्तरण हो । यस किसिमको रुपान्तरणले परम्परागत सोच, मूल्य, विद्यमान सामाजिक सांस्कृतिक असमानता विकृतिको अन्त्य भई आधुनिक मूल्य मान्यताको स्थापित हुन्छ । यसले सामाजिक व्यवहार, रहनसहन, प्राथमिकता, व्यावसाय, सम्बन्ध आदिमा हुने सकारात्मक परिवर्तनलाई इंगित गर्दछ ।
-
सूचना प्रविधिको विकास, शासनमा लोकतान्त्रिकरण, विश्वव्यापीकरण, उदारीकरण, बसाईसराई लगायतको जैविक तथा अजैविक तत्वहरुबाट सामाजिक रुपान्तरण हुन्छ ।
-
सामाजिक रुपान्तरण भनेको समाजमा भएका विकृति, विसंगति, शोषण, दमन, अत्याचार जस्ता सामाजिक समस्याको अन्त्य गरी समाजलाई आधुनिकता, नवीनता, अग्रगमनतर्फ उन्मुख गराउने कार्य हो।
-
सामाजिक रुपान्तरणले समाजलाई युग सापेक्ष, गतिशील र जीवन्त बनाउन योगदान गर्दछ ।
-
सामाजिक रुपान्तरण समाजमा समयक्रमसँगै चल्ने निरन्तर, नियमित र अनिवार्य प्रक्रिया हो जुन अवस्यंभावी हुन्छ र यसलाई कसैले चाँहदैमा रोक्न सकिदैन ।
-
सामाजिक रुपान्तरण समयानुकुल भएमात्र समाजमा स्वीकार्य हुन्छ, समाजले सहज रूपमा स्विकार नगरेका विषयलाई सामाजिक रुपान्तरणको रुपमा लिन सकिदैन ।
सामजिक रूपान्तरण एक क्रमिक, नियमित र अविच्छिन्न प्रक्रिया भएकोले यसका विषयवस्तुलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :
:root{
--size: 820px; /* overall canvas size - change to scale diagram */
--center-w: 380px; /* center oval width */
--center-h: 200px; /* center oval height */
--outer-d: 140px; /* outer circle diameter */
--radius: 260px; /* distance from center to circles */
--bg: #f5f5f5;
--shape-bg: #cfcfcf;
--text-color: #222;
--shadow: 6px 6px 12px rgba(0,0,0,0.25);
--font-family: "Noto Sans Devanagari", "Mangal", sans-serif;
}
.diagram-wrap{
width: var(--size);
height: calc(var(--size) * 0.75);
max-width: 100%;
margin: 10px auto;
background: var(--bg);
position: relative;
font-family: var(--font-family);
box-sizing: border-box;
border-radius: 10px;
padding: 20px;
}
.diagram{
position: relative;
width: 100%;
height: 100%;
overflow: visible;
}
/* center oval */
.center{
position: absolute;
left: 50%;
top: 50%;
width: var(--center-w);
height: var(--center-h);
transform: translate(-50%, -50%);
background: linear-gradient(180deg,var(--shape-bg), #bfbfbf);
border-radius: 50% / 60%;
display:flex;
align-items:center;
justify-content:center;
box-shadow: var(--shadow);
border: 1px solid rgba(0,0,0,0.08);
text-align:center;
padding: 10px;
font-weight: 700;
color: var(--text-color);
font-size: 28px;
line-height: 1.1;
}
/* container for the six outer items - we will rotate the group */
.outer-group{
position: absolute;
left: 50%;
top: 50%;
width: 0;
height: 0;
}
.outer{
--angle: 0deg; /* overridden inline */
position: absolute;
left: 50%;
top: 50%;
width: var(--outer-d);
height: var(--outer-d);
transform-origin: 50% calc(50% + var(--radius));
/* place circle along a radius and keep it upright */
transform: rotate(var(--angle)) translateY(calc(-1 * var(--radius))) rotate(calc(-1 * var(--angle))) translate(-50%, -50%);
background: linear-gradient(180deg,var(--shape-bg), #bfbfbf);
border-radius: 50%;
display:flex;
align-items:center;
justify-content:center;
box-shadow: var(--shadow);
border: 1px solid rgba(0,0,0,0.08);
font-weight: 600;
color: var(--text-color);
text-align:center;
padding: 10px;
font-size: 16px;
line-height: 1.2;
}
/* small arrow/connector from center to each outer circle */
.outer::before{
content: "";
position: absolute;
left: 50%;
top: 50%;
width: 18px;
height: 10px;
transform-origin: center;
transform: translate(-50%, calc(-1 * (var(--outer-d) / 2 + 6px)));
background: transparent;
clip-path: polygon(50% 0%, 0% 100%, 100% 100%); /* small triangle arrow */
filter: drop-shadow(0 1px 1px rgba(0,0,0,0.15));
background: linear-gradient(180deg, #dcdcdc, #bfbfbf);
}
/* responsive scaling */
@media (max-width: 700px){
:root{ --size: 360px; --center-w:260px; --center-h:140px; --outer-d:100px; --radius:150px; }
.center{font-size:20px}
.outer{font-size:13px}
}
सांस्कृतिक रुपान्तरण
- सांस्कृतिक रूपान्तरण भन्नाले सामाजिक संरचना वा ढाँचा, सामाजिक मूल्य मान्यता र सामाजिक आदर्शका आधारमा सांस्कृतिक मूल्य मान्यताको सामञ्जस्यता र रूपान्तरण बुझिन्छ।
- सांस्कृतिक पक्षहरुमा निरन्तर रुपमा सुधार, नविनता र प्रवर्द्धनको प्रक्रिया नै सांस्कृतिक रुपान्तरण हो
- । समाजमा विद्यमान सांस्कृतिक विकृतिहरुको अन्त्य गर्दै सांस्कृतिक मूल्यमान्यताको संरक्षण गर्नु, नयाँ सांस्कृतिक मूल्यको विकास र अवलम्वन गर्नु, सांस्कृतिक बहुलता स्वीकार गर्नु तथा धार्मिक सांस्कृतिक क्षेत्रको सुधार र आधुनिकीकरण गर्नु नै समग्रमा सांस्कृतिक रुपान्तरण हो
सामाजिक रुपान्तरणका क्षेत्र
(१) सामाजिक संरचनामा रुपान्तरण
- Vertical to horizontol (ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र)
- Satellite family to nuclear family (संयुक्त परिवारबाट एकल परिवारतर्फ रुपान्तरण हुँदै गएको ।)
- Star settlement to satellite settlement (टाढा बस्ने प्रवृत्तिबाट नजिक बस्ने प्रवृत्तिमा परिवर्तन)
- Rural to urban migration and national to international (गाउँबाट शहरतिर र स्वदेशबाट विदेशतिर बसाई सराइ गर्ने प्रवृत्ति)
(२) सामाजिक मूल्यमा रुपान्तरण
- छुवाछूत तथा जातिय भेदभावको दृष्टिकोणमा परिवर्तन ।
- अन्तरजातीय विवाहको स्वीकार्यता ।
- धर्मप्रतिको कट्टरपनामा सुधार र धार्मिक सहिष्णुता ।
(३) सामाजिक व्यवहारमा रुपान्तरण
- छोरा र छोरीलाई हेर्ने दृष्टिकोणमा समानता ।
- नारी शिक्षामा जोड ।
- सम्पत्तिमा छोरा र छोरीको समान अधिकार र स्वामित्वको बहस ।
- कमैया, हली, तिलक, दाइजो, वोक्सी, सुनौलीरुपौली, देउकी, कमलरी, बालीघरे आदि प्रथा र परम्परामा क्रमिक सुधार ।
(४) सामाजिक प्राथमिकतामा रुपान्तरण
- विगतमा कचहरी, पञ्चभेला, धर्मशाला, चौतारी निर्माणमा सामाजिक संलग्नता ।
- आज विकासका प्राथमिकता र सामाजिक अन्तरक्रियांका साधनमा परिवर्तन ।
(५) सामाजिक जीवनशैलीमा रुपान्तरण
- जन्म, व्रतबन्ध, विवाह, मृत्यु संस्कार आदिमा धार्मिक, सांस्कृक्तिक मूल्य मान्यताको अवलम्बनमा जोड ।
- मनोरञ्जनका माध्यमको रूपमा रोधीघर, दोहोरी सांझ, संगीनी आदि प्रयोग हुनेमा आज सूचना प्रविधि र सामाजिक सञ्जालमा आधारित मनोरञ्जनका साधनको प्रयोगमा व्यापकता ।
(६) सामाजिक सम्बन्धमा रुपान्तरण
- प्रत्यक्ष भेटघाट, आवागमन र आफन्तबीच सहकार्यमा हुने सम्बन्ध आज विद्युतीय साधनमा सीमित ।
- आपसी सहयोग, सहकार्य, ऐचोपैचो, सम्बन्धी व्यवस्था आज स्वार्थप्रेरित र व्यवसायिक बन्दै गएको अवस्था ।
(७) सामाजिक पेशा/व्यवसायमा रुपान्तरण
- हिजो निर्वाहमुखी कृषि तथा आज व्यवसायिक क्षि, वैदेशिक रोजगार, पर्यटन ।
- सेवा उद्योगको विस्तार तथा औद्योगिक प्रवर्द्धन गरी value add गर्ने कुरामा जोड ।
- सूचना प्रविधिमा आधारित व्यापार, व्यवसायको विस्तार।
८) सामाजिक संस्था/संगठनमा रुपान्तरण
- विवाह – कोर्ट म्यारिज (सतीदेखि सम्बन्ध विच्छेदसम्म)
- रोधी -दोहोरी (रमाइलोदेखि व्यवसायसम्म)
-
भान्छा – क्याटरिङ
- संस्कृत विद्यालय – अंग्रेजी विद्यालय
(९) सामाजिक प्रथा/रीति/प्रचलन/परम्परामा रुपान्तरण
- सतीप्रथा, बालविवाह, केटी तान्ने, साटो हाल्ने आदिबाट प्रेम विवाह र लिभिङ टुगेदर जस्ता अभ्यास ।
- हक लाग्ने, हाड नाता विवाह, देउकी चढाउने आदिमा कानूनी प्रतिबन्ध ।
- एकल सांस्कृतिक प्रचलनबाट बहुसांस्कृतिक प्रचलनमा रूपान्तरण । जस्तै: छठ पर्व पहाडीया र मधेशी दुवैले मिलेर मनाउने ।
सामाजिक रुपान्तरणको कमजोर पक्ष
| सामाजिक रूपान्तरणका आयामहरू | |
|---|---|
|
|
|
| १. सामाजिक आयाम | |
|
|
| २. सांस्कृतिक आयामहरू | |
|
सम्पदा संरक्षण |
| ३. आर्थिक आयाम | |
| गरिबी निवारण र रोजगारी सिर्जना आर्थिक वृद्धि र विकास |
आर्थिक रूपान्तरण |
| स्रोत साधनको समन्यायिक वितरण | उद्यमशीलता विकास र प्रवर्द्धन |
| सचेतना, नागरिक शिक्षा | नैतिकता र सदाचार अभिवृद्धि |
| ४. शैक्षिक आयाम | |
|
सामाजिक एवं सांस्कृतिक रूपान्तरणका विशेषताहरू:
|
|