घरातलीय स्वरुपको आधारमा नेपाललाई तीन प्रदेशमा विभाजित छ ।
(क) हिमालय क्षेत्र:-
- नेपालको उत्तरी भागमा पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म समुद्र सतहबाट ३३५० मिटरदेखि ८,८४८.८६ मिटरसम्मको उचाईमा फैलिएको भू-भागलाई हिमाली प्रदेश भनिन्छ।
- यो मोडदार पहाड चट्टानबाट बनेको छ । झण्डै २५ देखि ५० किलोमिटरसम्म चौडाईमा फैलिएको यो प्रदेशमा २१ जिल्लाहरु रहेका छन् ।
- हिमाली प्रदेशले देशको कूल भू-भागको २२.५ प्रतिशत क्षेत्रफल ओगटेको छ। यही प्रदेशमा विश्वको सर्वोच्च शिखर सगरमाथा समेत रहेको छ।
- विश्वमा रहेका ८,००० भन्दा बढी उचाईका १४ हिमालमध्ये ८ वटा हिमाल यही प्रदेशमा रहेको छ। हिमाली प्रदेशमा प्रतिनिधिसभा तर्फ २४ र प्रदेशसभा तर्फ ४८ निर्वाचन क्षेत्र रहेको छ ।
हिमाली प्रदेशको श्रेणी विभाजनः
(क) मुख्य हिमालयः
- ७,००० मिटरदेखि ८,८४८.८६ मिटरसम्मको उचाइलाई मुख्य हिमाल मानिन्छ । ८,००० मिटर र सो भन्दा बढी उचाईका विश्वका ८ हिमालहरु यसै श्रेणीमा पर्दछन् । विश्वका १४ वटा ८००० मिटरभन्दा अग्ला मध्ये ८ वटा हिमाल नेपालमा पर्दछन् ।
(ख) भित्री हिमालः-
- २४०० मिटरदेखि ५,००० मिटरसम्मको उचाईमा रहेका हिमाली उपत्यकाहरु जस्तै खुम्बु, डोल्पा, मुगु, बाकखोला, केरुङ आदि यसै श्रेणीमा पर्दछन् ।
(ग) सीमान्त हिमालः
- ६,००० मिटरदेखि ७,००० मिटरसम्मको उचाईमा सिमान्त रहेको छ । भित्री हिमालको उत्तर र तिब्बत (चिन) सीमानाको दक्षिणमा रहेको ३० किलोमिटरदेखि ४५ किलोमिटरसम्मको चौडाईमा रहेका मध्यौला उचाईका गुराँस, मुस्ताङ, चण्डी, नालांकर आदि हिमाली क्षेत्र यसै श्रेणीमा पर्दछन् ।
- ५००० मिटरको उचाईमाथि सधै हिउँ पर्नेहुँदा यो उचाईलाई स्थायी हिमरेखा भनिन्छ। शेर्पा, थकाली, भोटे, मनाडे आदि जातिको मानिसहरूको बसोवास रहेको यस प्रदेशमा ४५% खेतीयोग्य भूमि रहेको छ।
- नेपालको हिमरेखाको सबैभन्दा तल्लो भाग गोरखाको रुपीनाला (४५०० मीटर) हो।
- यो प्रदेशले देशको कुल क्षेत्रफलमा २५.५ % ओगटेको छ ।
- यो प्रदेशले देशको कूल जनसंख्यामा ६.०८% स्थान ओगट्दछ । (१२ औं जनगणना)
- हिमाली प्रदेशमा १६९ स्थानीय तह रहेका छन् भने प्रतिनिधिसभाको लागि २४ र प्रदेशसभाको लागि ४८ निर्वाचन क्षेत्र रहेका छन् ।
- यस प्रदेशमा रहेका २१ जिल्लाहरुः ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, रामेछाप, धादिङ, गोरखा, मुस्ताङ, मनाङ, पूर्वी रुकुम, म्याग्दी, डोल्पा, जुम्ला, कालीकोट, हुम्ला, मुगु, बाजुरा बझाङ र दार्चुला हुन् । पछिल्लो पटक हिमाली क्षेत्रमा बपिएका जिल्लाहरु धादिङ, रामेछाप, गोरखा, पूर्वी रुकुम र म्याग्दी हुन् ।
- म्याग्दीलाई २०७५ फाल्गुण १९ मा हिमाली प्रदेशमा थपिएको हो ।
- धादिङ, रामेछाप, गोरखा, पूर्वी रुकुम लाई २०७४ भदौ २५ मा हिमाली जिल्लामा थपीएको हो।
- हिमाली प्रदेशको ठूलो जिल्ला डोल्पा हो भने सानो जिल्ला पूर्वी रुकुम हो ।
(ख) पहाडी प्रदेश
- नेपालको हिमाली र तराई प्रदेशको बीचमा समुद्री सतहबाट करिव ६०० मिटर उचाईदेखि ३३५० मिटरको उचाईसम्म पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको भूभाग पहाडी प्रदेश हो।
- बाहुन, क्षेत्री, नेवार, मगर, तामाङ, गुरुङ, राई, लिम्बू आदि जातजातिका मानिस बसोवास गर्ने यस प्रदेशमा ३५ वटा जिल्लाहरू पर्दछन् ।
- यो प्रदेशमा खेतीयोग्य भूमि २६६ रहेको छ। यो प्रदेशले देशको कूल क्षेत्रफलमा ६०.५ प्रतिशत भूभाग ओगटेको छ ।
- यो प्रदेशमा स्थानीय तह ३०८ रहेको छ। यहाँ प्रतिनिधिसभाको लागि ६३ र प्रदेशसभाको लागि १२६ निर्वाचन क्षेत्र रहेको छ ।
- यो प्रदेशमा ४० ३१% जनसख्या रहेको १२ औं राष्ट्रिय जनगणनाको प्रतिवेदन बमोजिम)
पहाडको श्रेणी विभाजन :
(क) चुरे पर्वत श्रेणी:-
- नेपालको दक्षिणमा अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमालय पर्वतमालाभन्दा निकै पछि विकसित भएको समुद्र सतहदेखि ६०० देखि १८७२ मिटरको उचाइसम्म भएको पर्वतमालालाई चुर पर्वत भनिन्छ।
- यसलाई सामान्यतः चुरिया वा चुर पर्वत भनिन्छ। बाह्य हिमालय भनिने यो पर्वत शिवालिकको नामले समेत प्रसिद्ध छ।
- यो नवीनतम् पर्वत हो। नेपालको पश्चिममा अग्लो र पूर्वमा होचो हुँदै बिलाएको चुरे महाकालीदेखि कोशीसम्म छुट्टै श्रेणी भएर फैलिएको छ ।
- कोशीपूर्व घुम्कीको रूपमा मोरङ र झापाको उत्तरमा मैनाचुली, चुलाचुली छन् ।
- चुरे पर्वत श्रेणीका धेरै भाग जङ्गलले ढाकेको छ। दाङ, देउखुरी, राप्ती, चितवन आदि उपत्यका दून अवोन्नत (Synclinal) प्रकृतिका भाग छन् ।
- यहाँ उपोष्ण जलवायु पाइन्छ। यो क्षेत्रले १२७ प्रतिशत (१८,७९,००० हेक्टर) डाकेको छ ।
- जलाधार क्षेत्रको उचाइ भिन्नता ७०० मिटर भन्दा कम छ। यहाँको माटो वर्षाको पानी बाम्न सक्ने खालको छैन। यो क्षेत्रमा हवात्त बाढी आएजस्तो वर्षामा खोलाहरू बग्छन् ।
- बातावरणीय दृष्टिले चुर पर्वत श्रेणी अत्यन्त संवेदनशील मानिएको छ ।
- नेपालको पूर्वी चुरे भन्नाले झापा देखि चितवनसम्मको भू-भागलाई चिनिन्छ ।
- सतही ढुङ्गाले शिवालिक क्षेत्रको पर्वतीय भूभागलाई नियन्त्रण गरेको छ।
- यो शृङ्खला कमजोर एवम् अस्थिर छ। करिव ९३ प्रतिशतभन्दा बढी भूभाग ज्यादै ठाडो र अप्ठेरो भएकाले खेतीका लागि उपयुक्त छैन।
- शिवालिक क्षेत्रमा खेती हुन सक्ने जमिन करिब २४ प्रतिशत (५,२९,६०० हेक्टर) छ।
- दून उष्ण क्षेत्र भए पनि यहाँको माटो तराईको भन्दा भिन्न छ ।
- यो क्षेत्रमा फलफूल र तरकारी कमै हुन्छ ।
- यस क्षेत्रमा अतिक्रमणले वनविनाश, भूक्षय र प्राकृतिक वातावरण खलबलिन पुगेको छ। नेपालको चुरे पर्वतको सर्वोचच चुचुरो गार्वा (कैलाली जिल्ला) हो। शिवालिक क्षेत्रको दक्षिण एउटा लामो पेटी पूर्वदेखि पश्चिमसम्म फैलिएको छ।
- यो क्षेत्र बालुवा, कड्ङ्कड, ढुङ्गा र खुकुला खस्रो पदार्थले बनेको छ।
- चट्टानले बनेको भावरमा सालको वनजङ्गल पाइन्छ। ।
- गहिरो घाँटीमा नदीले थुपारेका माटाको भागले बनेका मैदानहरू गङ्गा मैदानकै अंशका रूपमा रहेका छन् ।
- बाह्य हिमालय (Outer Himalaya) को नामबाट पहिचान बनाएको पर्वतमाला शिवालिक लेक (चुरे पर्वत श्रेणी) हो ।
- शिवालिक पर्वत श्रृङ्खला तराई र भित्र मधेशको बीचमा रहेको छ ।
- कोशी नदीभन्दा पूर्वको चुरे क्षेत्रलाई चुलाचुली भनिन्छ ।
- राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम ३७ वटा जिल्लामा फैलिएको छ ।
(ख) महाभारत पर्वत –
- चुरे पर्वतदेखि माथिल्लो भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको १५०० मिटरदेखि ३५०० मिटरसम्मको उचाई भएको पर्वतलाई महाभारत पर्वत भनिन्छ।
- यो भाग सेल, स्यान्डस्टोन, लाइमस्टोन, मार्बल, स्लेटजस्ता चट्टानयुक्त छ ।
- ठुलाठुला चार नदी कडा चट्टाने पहाड छेडेर बगेका छन् । कर्णालीले चिसापानीमा, कालीगण्डकीले देवघाटमा, त्रिशूलीले जुगरीमा र को शीले चतरामा छेडो बनाएको छ ।
- होचो हिमालय (Lesser Himalaya) को नामले पनि यो पर्वत चिनिने गर्छ ।
- यहाँको हावापानी रमणीय र स्वस्थ्यकर हुने हुँदा महाभारत पर्वत श्रेणीलाई नेपालको Hill-Station पनि भनिन्छ ।
- महाभारतको अग्लो भाग सैलुङ (३५०० मी.) हो।
- ट्याम्के, जैथक, फूलचोकी (२७६५ मी.), शिवपुरी । २३२०मी.), छिम्केश्वरी, दामन, स्वर्गद्वारी (२,१२५मी.), साकिने डाँडा, खाँच आदि यहाँका प्रमुख शिखर हुन् ।
- पूर्वी नेपालका तुलनामा पश्चिमको भाग बढी ठाडो छ। महाभारत पर्वतमालाको सबैभन्दा उच्च स्थान दोलखाको सैलुङ हो ।
(ग) मध्यभूमि
- महाभारत पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीहरूका बीचमा रहेका ठुला-ठुला टार, र उपत्यकाहरूलाई मध्यभूमि भनिन्छ ।
- यसअन्तर्गत काठमाडौं, पोखरा, त्रिशूली, पाँचखाल, माडी जस्ता उपत्यकाहरू पर्दछन् ।
- नेपालका चमेलिया (सुदूरपश्चिम), त्रिशूली (मध्य), सुनकोशी र अरुण तथा तमोर नदीद्वारा निर्मित ठुला उपत्यका एवम् समथर र उर्वरक्षेत्र मध्यभूमिअन्तर्गत पर्छन् । (यहाँ तिम्लङटार । सइखुवासभा), रुम्जाटार (ओखलढुङ्गा), बेल्टार (उदयपुर) मङ्गलटार (काभ्रे पलाञ्चोक, खुमलटार ललितपुर), बट्टार (नुवाकोट), सल्यानटार (धादिङ), खैरनीटार (तनहुँ), चौरजहारीटार (रुकुम) जरायोटार भोजपुर), खरानीटार (नुवाकोट) र पालुङटार (गोर्खा) जस्ता टार पनि छन् मध्य मध्यपर्वतीय क्षेत्रले नेपालको २९.५ प्रतिशत (४३,५०,३०० हेक्टर) जमिन ढाकेको छ।
- यहाँको जलवायु वर्षेभरि कृषिका लागि उपयुक्त छ। तापक्रम न बढी न घटी मध्यम प्रकारको छ।
- जनसङ्ख्या वृद्धिले गर्दा भूमिमाथि बढी चाप परको छ। यहाँ ८७ प्रतिशत खेतीयोग्य भूमि पर्वतीय पाखाका रूपमा रहेका छन् ।
- मध्यपहाडी भूमिको गराखेती प्रविधि नै स्थापित प्रविधि हो। कृषि, वन र बागवानीबाट यसलाई सघाउ हुने गरको छ। मध्यपहाडमा प्रिक्याम्ब्रियन (Precambraian), फाइलाइटस् (Phyllites), क्वार्टजाइटस् (Quartzites), अभ्रख, शिष्ट र ग्रेनाइट (Granite) जस्ता विविध चट्टान पाइन्छन् ।
- मध्यपहाडको दक्षिण किनारामा प्रायः महाभारत लेकजस्ता उठेका (Uplifted) पर्वत छन्।
- यो भाग ऋतुक्षय भएका ग्रेनाइट, चुनढुङ्गा, डोलो माइट, सेल, स्यान्डस्टोन, स्लेट र क्वार्टजाइटले बनेको छ। शिवालिक जस्तो भूक्षयको प्रभाव छैन ।
- यस क्षेत्रका कडा चट्टान भूपाषाण भएका भाग ठाडो भिर (३५ डिग्री ढलोभन्दा बढी) र पातलो माटाले डाकेको हुनाले खेतीका लागि उपयुक्त छैन। पहाडी प्रदेशमा किराँत (राई, लिम्बू), तामाङ, मगर, गुरुङ, बाहुन, क्षेत्री, नेवार आदि विभिन्न जातिका मानिसहरू बसोवास गर्छन्।
- पहाड आफैमा विविधतायुक्त भएकाले यहाँको घर निर्माण, लवाइखवाइ, पेसा आदिमा भिन्नता पाइन्छ।
- फलफूल खेती र जडीबुटीका लागि बढी उपयुक्त वातावरण पाइन्छ।
- पहाडका दक्षिण पाखामा बस्ती र खेती धेर भेटिन्छन् । यस भेकमा इलाम, धनकुटा, चैनपुर, भोजपुर, ओखलढुङ्गा, चरीकोट, बनेपा, काठमाडौँ (१३३७ मि.), पोखरा (८१९ मि.),
