• नेपालको भौगोलिक अवस्था :
      नेपालको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि. मी. (५६,८२७ वर्ग माइल हो।
    • लिम्पियाधुरा सहितको नेपालको क्षेत्रफल १४७,५८१ वर्ग किलोमिटर रहेको छ ।
    • सुगौली सन्धि भन्दा अगाडि नेपालको क्षेत्रफल २,०४,९१७ वर्ग किलोमिटर रहेको थियो ।
    • सुगौली सन्धि मार्च ३, १८१६ मा भएको थियो । हालको भू-भाग यसै सन्धिले कायम भएको हो।
    • भारतले ४४ वर्षपछि (सन १८६०) मा नयाँ मुलुक । बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) नेपाललाई फितां गरेको थियो।
    • नेपाल एशिया महादेशको उत्तरी गोलार्द्धमा अवस्थित एक भूपरिवेष्ठित मुलुक हो ।
    • यसले विश्वको कूल भूभागको ०.०३%, एशियाको ०.३% र दक्षिण एशियाको २.८७% भ-भाग ओगटेको
    • नेपाल २६ डिग्री २२ मिनेट (झापाको लोदावरी) देखि ३० डिग्री २७ मिनेट (हुम्लाको चाङ्ला) उत्तरी अक्षांस र ८० डिग्री ४ मिनेट (कञ्चनपुरको दोधारा) देखि ८८ डिग्री १२ मिनेट (ताप्लेजुङको लेलेप) पूर्वी देशान्तर बीचमा अवस्थित रहेको छ ।
    • नेपालको पूर्व, पश्चिम र दक्षिण सीमाना भारतको ५ वटा प्रान्तहरू (सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तराखण्ड र उत्तरप्रदेश) पर्दछन् भने उत्तरतर्फ चीनको तिब्बत पर्दछ ।
    • यसको पूर्व-पश्चिम लम्बाई ८८५ किलोमिटर रहेको छ भने उत्तर-दक्षिण चौडाई औसत १९३ किलोमिटर रहेको छ ।
    • चौडाई बढीमा २४१ किलोमिटर र घटीमा १४५ किलोमिटर रहेको छ ।
    • नेपालको भारतसँगको सिमाना १६९० किलोमिटर र चीनसँगको सिमाना १२३६ किलोमिटर जोडिएको छ ।
    • नेपालको अन्तर्राष्ट्रिय सिमाना २९२६ किलोमिटर रहेको छ ।
    • नेपालको प्रमाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानिएको छ । (लागू मिति २०४२ साल वैशाख १ गतेबाट हो ।
    • यो हिमाल दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा पर्दछ ।
    • क्षेत्रफलका आधारमा नेपाल विश्वका ८९ मुलुकभन्दा सानो रहेको छ ।
    • नेपालको समय ग्रिनबीचको समयभन्दा ५ घण्टा ४५ मिनेट चलाख रहेको छ ।
    • काठमाडौ २७ डिग्री ४२ मिनेट उत्तरी अक्षांस र ८५ डिग्री १५ मिनेट पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।
    • काठमाडौ उपत्यका समुद्र सतहदेखि १३३८ मिटर उचाईमा अवस्थित छ ।
    • भारतको उत्तराखण्ड प्रदेशको राजधानी देहरादून, उत्तरप्रदेशको लखनऊ, विहारको पटना, सिक्किमको गान्तोक र पश्चिम बंगालको कोलकोत्ता राजधानी रहेका छन् ।
    • भारतमा रहेको विभिन्न २९ प्रान्तमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो राज्य राजस्थान (क्षेत्रफल ३,४२,२३९ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो प्रदेश गोवा (३,७०२ वर्ग किलोमिटर) हो ।
    • भारत नेपाल भन्दा २२ गुणा ठूलो र चीन नेपाल भन्दा ६५ गुणा ठूलो छ भने रुस नेपाल भन्दा ११६ गुणा ठूलो छ ।
    • नेपालबाट भारत र चीनपछि सबैभन्दा नजिक पर्ने मुलुक बंगलादेश हो ।
    • यो मुलुक नेपालभन्दा २७ किलोमिटर टाढा रहेको छ ।
    • नेपाल र भुटानबीचको दूरी ३२ किलोमिटर रहेको छ
    • नेपालबाट समुन्द्रसम्मको दूरी ११२७ किलोमिटर टाढा रहेको छ ।
    • समुन्द्रको नाम बंगालको खाडी र महासागर हिन्दमहासागर हो। बन्दरगाहा कोलकत्ता बन्दरगाहा हो
    • नेपालको उत्तरी बिन्दु हुम्लाको चाङ्ला, दक्षिण बिन्दु झापाको लोदावरी, पूर्वी बिन्दु ताप्लेजुङको लेलेप ,पश्चिमी विन्दु कञ्चनपुरको चाँदनी दोधारा हो।
    • चीन र भारत दुवै देशलाई छुने जिल्ला २ वटा ताप्लेजुङ र दार्चुला हुन् ।
    • चीन र भारत दुबै देशलाई हुने स्थानीय निकाय २ वटा रहेका छन् । एउटा दार्चुलाको व्यास गाउँपालिका र अर्को ताप्लेजुङको फक्तालुङमा गाउँपालिका हुन् ।
    • चीनलाई मात्र छुने जिल्ला १३ वटा र भारतलाई मात्र छुने जिल्ला २५ वटा ।
    • चीन र भारत दुवैलाई नछुने जिल्ला ३७ वटा ।
      भित्री मधेशको जिल्लाहरू पुर्वदेखि पश्चिम-उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, दाङ र\सुर्खेत हुन्
    • नेपालको भारतसँगमात्र सिमाना जोडिएका प्रदेशहरु मधेश र लुम्बिनी प्रदेश हुन्
    • क्षेत्रफलको आधारमा भित्री मधेशको ठूलो देखि सानो जिल्ला दाङ, सिन्धुली, सुर्खेत, मकवानपुर, चितवन
      उदयपुर र नवलपुर हुन् ।
    • नेपालको अन्तर्राष्ट्रिय सीमाना ३३३४ किलोमिटर रहेको छ।
    • भित्री मधेशका जिल्लाहरुमा सबैभन्दा पूर्वी भागमा रहेको जिल्ला उदयपुर हो भने सबैभन्दा पश्चिमको जिल्ला सुर्खेत हो भने मध्य नेपालमा रहेको भित्री मधेशको जिल्ला चितवन हो ।
    • धेरै जिल्लासँग सीमाना जोडिएको जिल्लाः सिन्धुली (१० जिल्ला), मकवानपुर र उदयपुर (९/९ जिल्ला) ।
      कम जिल्लासँग सिमाना जोडिएको जिल्लाहरु झापा, कञ्चनपुर र दार्चुला हुन् । यिनीहरुले छिमेकी २/२ जिल्लाहरुलाई छुन्छन् ।
    • सबैभन्दा उचाईमा रहेको जिल्ला सदरमुकाम हुम्लाको सिमिकोट (२९४६ मिटर) हो ।
    • उत्तर हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला धादिङ हो ।
    • उत्तर हिमालयदेखि दक्षिणमा चुरेसम्म फैलिएको जिल्ला सिन्धुपाल्चोक हो ।
    • ज्वालामुखीको चिन्ह दैलेख (दुल्लु) जिल्लामा रहेको छ।
    • अपिनाम्पा संरक्षणक्षेत्र दार्चुला जिल्लामा पर्दछ ।
    • महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला पर्सा हो ।
    • महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला अर्घाखाँची र मकवानपुर हो ।
    • हिमालपारीको जिल्ला मनाङ र मुस्ताङ हो ।
    • सुर्खेतको पुरानो नाम दोभानचौर हो।
    • गहनापोखरी काठमाण्डौ हाडीगाउँमा पर्दछ ।
    • ५२ कुटी ७२ कुण्डको सहर भनी जनकपुरलाई चिनिन्छ ।
    • भुतकुवा रुपन्देही जिल्लामा पर्दछ ।
    • नेपालका सबभन्दा बढी विमानस्थल भएको जिल्ला सोलुखुम्बु हो । (४ वटा)
    • कफी खेतीको लागि प्रसिद्ध जिल्ला गुल्मीं हो ।
    • अलैची खेतीको लागि प्रसिद्ध जिल्ला ताप्लेजुङ हो । त्यसपछि संखुवासभा र इलाम पर्दछन् ।
    • नेपालको श्रीलंका भन्नाले कोशी टप्पुलाई जनाउँछ ।
    • काठमाण्डौ उपत्यकाको क्षेत्रफल ६४२ वर्ग किलोमिटर रहेको छ ।
    • पोखरा उपत्यकाको १२४ वर्ग किलोमिटर र दाङ देउखुरी उपत्यकाको क्षेत्रफल करिब १००० वर्ग किलोमिटर रहेको छ ।
    • दाङ देउखुरी उपत्यकालाई नेपालको सबैभन्दा ठूलो उपत्यकाको रुपमा लिने गरिन्छ ।
    • काठमाडौंबाट सबैभन्दा नजिकको हिमाल सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल हो । यसै हिमाललाई
      भैरब टाकुरा भन्ने गरिन्छ ।
    • सबभन्दा ठूलो जिल्ला डोल्पा हो। यसको क्षेत्रफल ७८८९ वर्ग किलोमिटर रहेको छ ।
    • सबभन्दा सानो जिल्ला भक्तपुर हो । यसको क्षेत्रफल ११९ वर्ग किलोमिटर रहेको छ।
    • विश्वकै गहिरो गल्छी म्याग्दी जिल्लामा पर्ने कालीगण्डकी नदीले बनाएको अन्धगल्छी (६९६७ मिटर) हो।
    • अन्नपूर्ण र धौलागिरी हिमालले बनाएको खोंच नै अन्धगल्छी भनेर चिनिन्छ ।
    • नेपाल नामक गाउँ जापानमा रहेको छ ।
    • नेपालमा सबैभन्दा बढी गर्मी नेपालगञ्जमा हुने गर्दछ ।
    • गोरखा नामक स्थान फ्रान्समा रहेको छ ।
    • प्रायःनक्साको स्केल ratio (अनुपात) मा व्यक्त गरिन्छ ।
    • झोलुङ्गे पुलको जिल्ला भनी बागलुङलाई चिनिन्छ ।-
    • No man’s land भन्नाले दुई देश बीचको सीमानाको जमिनलाई बुझिन्छ ।
    • विश्वमानचित्रमा नेपालको नक्सासँग मिल्दोजुल्दो नक्सा भएको देश पोर्चुगल हो ।
    • काठमाडौंका चार भञ्ज्याङहरु पूर्वमा साँगा, पश्चिममा वाण, उत्तरमा पाटी र दक्षिणमा चन्द्रागिरी हुन् ।
    • नेपाल क्षेत्रफलको आधारमा विश्वकै ९३ औं ठूलो देश र भूपरिवेष्ठितमा विश्वकै २१ औं ठूलो देश हो ।
    • सार्क क्षेत्रमा नेपाल क्षेत्रफल पाचौँ स्थान र जनसंख्याको आधारमा पनि पाँचौ स्थानमा रहेको छ ।
    • नेपालको भौगोलिक विभाजन भू-धरातल, नदी प्रणाली र हावापानीका आँधारमा गर्न सकिन्छ ।
    • नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा २०७७ जेठ ७ गते जारी भएको थियो ।
    • नेपाल सरकारबाट जारी यो नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा (थप क्षेत्रफल ३३५ व.कि.मि.) समेत समेटिएको छ ।
    • यसलाई संघीय संसदले २०७७ जेष्ठ ३१ मा पारित गरेको थियो ।
    • यो नयाँ नक्सालाई निसान छापमा राख्नको लागि नेपालको संविधानको दोस्रो संशोधन २०७७ असार ४ मा भएको थियो ।
जिल्ला (ठूला / साना)क्षेत्रफल (वर्ग किमी)
डोल्पा7889
हुम्ला5655
ताप्लेजुङ3646
गोरखा3610
मुस्ताङ3573
५ साना जिल्लाहरु (क्षेत्रफल)
भक्तपुर119
ललितपुर385
काठमाडौं395
पर्वत494
परासी634.9
error: Content is protected !!

Review My Order

0

Subtotal