१.१ सामाजिक विवाद तथा द्वन्द्व (Social Conflict and Disputes )
अर्थ र परिभाषाः
- सामाजिक विवाद: समाजमा कुनै निश्चित विषयमा दुई वा सो भन्दा बढी व्यक्ति वा समुह विचमा विचारको भिन्नता हुनु, मतभेद हुनु, असन्तुष्टि हुनु, वादविवाद हुनु, भनाभन हुनु नै सामाजिक विवाद हो। विवाद द्वन्द्वको प्रारम्भिक रुप हो।
- सामाजिक द्वन्द्व : कुनै व्यक्ति, वर्ग वा समूहले आफ्नो स्वार्थ वा आवश्यकता पुरा गर्न खोज्दा अर्को व्यक्ति, बर्ग, वा समूहद्वारा अवरोध सिर्जना भएमा उत्पन्न हुने असहज अवस्था सामाजिक द्वन्द्व हो।
- समाजमा दुई वा सो भन्दा बढी पक्षका बीचको कलह, मानसिक तथा शारिरीक संघर्ष, खिचातानी, झगडा वा कुस्ताकुस्तीको अवस्था हुनु नै सामाजिक द्वन्द्व हो। यो सामाजिक विवादको विस्तारित रुप हो। अर्को अर्थमा समाजका विभिन्न पक्षहरु जस्तो व्यक्ति, परिवार, कुनै समुह वा संगठन आदिका बिचमा हुने अन्तर कलह, असमझदारी वा विरोध नै सामाजिक द्वन्द्र हो।
- समाजमा रहेका विभिन्न जातिहरु, समुदायहरु, भाषाभाषीहरु, धार्मिक व्यक्तिहरु लगायत अन्य व्यक्तिहरुका बीचमा Power, Position, Authority, Resource, Opportunity एवं विकासबाट सिर्जित लाभको असमान वितरणका कारण विवाद उत्पन्न हुने गर्दछ भने उक्त विवादका कारण समाजमा गरिने संघर्षलाई सामाजिक द्वन्द्व भनिन्छ।
- समाजमा माग र आपूर्ति बीचको Gap नै विवाद र द्वन्द्वको मूख्य जड हो भने समाजमा आर्थिक, राजनीतिक, धार्मिक तथा साँस्कृतिक, मनोवैज्ञानिक आदि कारणले द्वन्द्व उत्पन्न हुने गर्दछ।
- उचित तह सम्मको द्वन्द्वले समाज रुपान्तरणमा सहयोग गर्दछ भने यसको उचित व्यवस्थापन हुन नसकेमा समाज विखण्डनको खतरातर्फ पनि उन्मूख हुनसक्छ। अर्थात द्वन्द्वले Innovation (सिर्जना) र Destruction (संहार) दुवै गर्ने गर्दछ।
- “Conflict is opposition between person, group or idea”-Manchester University
विवाद तथा द्वन्द्व सम्बन्धी दृष्टिकोण (अवधारणा)
परम्परागत/नकारात्मक दृष्टिकोण (Traditional/Negetive Approach)
- द्वन्द्व खराब हो यसले विनास निम्त्याउँछ त्यसैले द्वन्द्वलाई समाजमा उत्पन्नै हुन दिनुहुन्न, यदि कुनै कारणले समाजमा द्वन्द्व प्रवेश भएमा त्यसलाई दबाउनुपर्छ भन्ने मान्यता।
- यो अवधारणाले सन् १९३० सम्म मान्यता पायो
मानव सम्बद्धवादी/सकारात्मक दृष्टिकोण (Human Relation/Positive Approach)
- समाजमा द्वन्द्व एक स्वभाविक प्रक्रिया हो, यसको सामना गर्नुपर्दछ, निश्चित स्तर सम्मको द्वन्द्वले समाजलाई रुपान्तरण गर्न र विकासलाई अग्रमनमा लैजान सहयोग गर्दछ। तर यसलाई विनाश सिर्जना गर्न नदिन समयमै व्यवस्थापन गरिनुपर्दछ भन्ने मान्यता।
- यसले सन् १९३० देखि १९७० को दशक सम्म मान्यता पाएको देखिन्छ।
अन्तक्रियात्मक दृष्टिकोण (Interactive Approach)
- समाजमा द्वन्द्व अनिवार्य छ, समाज तथा संगठनलाई गतिशिलता प्रदान गर्न द्वन्द्वलाई एउटा हदसम्म प्रोत्साहन पनि गर्नुपर्दछ तर यसले Chaotic Situation (अस्तव्यस्त अवस्था) ननिम्त्यायोस भन्ने कुरामा शतर्क् रहनुपर्छ भन्ने मान्यता।
- यस दृष्टिकोणले सन् १९७० को दशक पश्चात मान्यता पाउँदै आएको देखिन्छ।
- यस दृष्टिकोणलाई द्वन्द्व सम्बन्धी आधुनिक अवधारणा समेत भनिन्छ।
विवाद तथा द्वन्द्वको विशेषताहरु
- यो समाजमा हुने एक निरन्तर वा नियमित प्रक्रिया हो।
- विवाद तथा द्वन्द्व मानव जीवनको सत्य र अनिवार्य तत्व हो।
- विवाद तथा द्वन्द्वमा दुई वा दुईभन्दा बढी व्यक्तिको संलग्नता हुन्छ।
- विवाद तथा द्वन्द्व तनाव वा संघर्षपूर्ण अवस्था हो।
- यो सर्वव्यापि हुन्छ।
- यो सकारात्मक र नकारात्मक दुवै प्रकारको हुन्छ।
- स्रोत, साधन, अधिकार र अवसरको अविवेकिय वितरण र पहुँचलाई उजागर गर्दछ।
- द्वन्द्वको परिणाम जटिल र व्यापक हुन्छ।
- विवाद तथा द्वन्द्व सामाजिक परिवर्तन तथा रुपान्तरणको आधार हो।
- विवाद तथा द्वन्द्व परिस्थितिमूलक हुन्छ, आदि।
सामाजिक विवाद तथा द्वन्द्वका श्रोतहरु
व्यक्तिगत सोच र धारणा
- व्यक्तिगत अहमता र घमण्डता,
- न्यून सहनशिलता,
- व्यक्तिगत भेदभाव,
- व्यक्तिगत स्वार्थ, सोच, आचरण, भूमिका र दृष्टि, आदि।
अप्रभावकारी एवं अपर्याप्त संचार
- गलत, भ्रमपूर्ण वा अपूर्ण विवरण एवं सूचनाहरु,
- सूचना प्रवाहको अव्यवहारिक शैली,
- Digital Divide हुनु, आदि।
स्रोत साधनको अप्रभावकारी वितरण
- श्रोत साधनको न्यून उपलब्धता एवं त्यसको असमान वितरण हुनु,
- स्रोत साधनमाथि Elite Capture हुनु,
- Top to down approach मा योजनाहरु बन्नु, आदि।
कमजोर अर्थतन्त्र
- गरिबी र बेरोजगारी समस्या विद्यमान हुनु,
- अनियमितता र भ्रष्टाचारबाट देश र समाज मुक्त हुन नसक्नु,
- धनी र गरिब बीचको खाडल (GINNI Index) उच्च हुनु, आदि।
नीतिगत अस्पष्टता
- दीर्घकालिन नीति तथा कार्यक्रम नबन्नु,
- Policy Gap हुँदा नीतिको आफू अनुकुल व्याख्या गर्ने प्रवृति हुनु,
- विवाद समाधान गर्ने खालका Periodic and perspective plan and policy को अभाव हुनु,
- समयानुकुल नीति परिवर्तन नहुनु, आदि।
राजनीतिक संरचना र चिन्तन
- समय समयमा राजनीतिक नेतृत्वबाट समाजप्रति असंवेदशिल अभिव्यक्तिहरु आउनु,
- फरक फरक राजनीतिक चिन्तनका आधारमा समाज विभाजित हुनु,
- विवाद तथा द्वन्द्व संवेदनशिल सोचाईको अभाव हुनु,
- राजनीति नेतृत्वबीचमा सत्ता र शक्ति प्राप्तिका लागि निरन्तर संघर्ष हुनु, आदि।
प्रशासनिक असक्षमता
- अस्पष्ट तथा अप्रभावकारी कार्यविभाजन,
- सेवा प्राप्तिको लामो प्रक्रिया, सेवामा नागरिकको न्यून पहुँच,
- प्रशासनिक अनियमितता, भ्रष्टाचार तथा ढिलासुस्ती, आदि।
सामाजिक सांस्कृतिक अवस्था
- अशिक्षा र कमजोर नागरिक चेतना,
- समाजमा व्याप्त वर्गीय, क्षेत्रिय, लैगिंक तथा जातिय भेदभाव,
- सामाजिक हिंसा जस्तै दलित, बोक्सी, छाउपडी, आदि।
अन्य स्रोतहरु
- शक्तिको प्रयोग र वितरणमा रहेको पृथकता,
- असन्तुलित र सुस्त विकास प्रणाली,
- विश्वव्यापिकरण र निजीकरणको बढ्दो प्रभाव,
- आपसी विश्वास र समझदारीको अभाव,
- राज्यको समाजलाई हेर्ने दृष्टिकोण,
- अव्यवस्थित बसाईसराई र शहरीकरण, आदि।
सामाजिक विवाद तथा द्वन्द्वका कारणहरुः
राजनीतिक कारण
- राजनीतिक संक्रमणकालिन अवस्थाको अन्त्य हुन नसक्नु,
- राजनीतिक नेतृत्वले अभिव्यक्ति दिँदा समाजको संवेदशिलतामा ख्याल नगर्नु,
- फरक फरक राजनीतिक चिन्तनका आधारमा समाज विभाजित हुनु,
- विवाद तथा द्वन्द्व संवेदनशिल राजनीतिक सोचाईको अभाव हुनु,
- राजनीति नेतृत्वबीचमा सत्ता र शक्ति प्राप्तिका लागि निरन्तर संघर्ष भईरहनु, आदि।
नीतिगत कारण
- द्वन्द्वको व्यवस्थापन सम्बन्धी दीर्घकालिन नीति तथा कार्यक्रम नबन्नु र भएकाको पनि प्रभावकारी कार्यान्वयन नहुनु,
- Policy Gap हुँदा नीतिको आफू अनुकुल व्याख्या गर्ने प्रवृति हुनु,
- विवाद समाधान गर्ने खालका Periodic and Perspective policy and plan को अभाव हुनु,
- समयानुकुल नीतिलाई संशोधन वा परिमार्जन गर्न नसक्नु, आदि।
आर्थिक कारण
- गरिबी र बेरोजगारी समस्या विद्यमान हुनु,
- अनियमितता र भ्रष्टाचारबाट देश र समाज मुक्त हुन नसक्नु,
- धनी र गरिब बीचको खाडल (GINNI Index) उच्च हुनु,
- स्रोत साधनको असमान वितरण हुनु, आदि।
सामाजिक सांस्कृतिक कारण
- सामाजिक सचेतनाका कार्यक्रमहरु न्यून हुनु, साक्षरता दर समेत न्यून हुनु (७६.२ प्रतिशत)
- सामाजिक वञ्चितिकरण, सिमान्तिकरण र बहिष्करण हुनु,
- समाजमा विभेद, थिचोमिचो र शोषण व्याप्त हुनु,
- समाजमा धार्मिक, साँस्कृतिक, भाषिक एवं जातिय विविधता विद्यमान हुनु, आदि।
व्यक्तिगत कारण
- व्यक्तिगत स्वार्थ, रुची, आचरण, भूमिका र दृष्टिमा फरकपना हुनु,
- व्यक्तिगत अहमता, न्यून सहनशिलता हुनु,
- अधिकारमात्र खोज्ने तर कर्तव्य विर्सने बानि हुनु, आदि।
अन्य कारण
- समाजमा माग र आपूर्ति बीचको Gap परिपुर्ति गर्न नसक्नु,
- Haves & Have Nots बीचको दुरी बढ्दै जानु,
- सहभागितामूलक शासकीय प्रणालीको अभाव हुनु,
- विवाद समाधान गर्ने क्षमता, योजना, नीति तथा कार्यक्रमको अभाव हुनु,
- आपसि विश्वास र समझदारीको अभाव हुनु,
- द्वन्द्व संवेदनशिल सोचाईको अभाव हुनु,
- विश्वव्यापिकरण र निजीकरणको प्रभाव बढ्नु, आदि।
सामाजिक विवाद तथा द्वन्द्वको प्रभाव/असर
- द्वन्द्वको स्तर, गाम्भियंता एवं राज्य व्यवस्थाले यसलाई ग्रहण गर्ने तरिका आदिका आधारमा द्वन्द्वको प्रभावलाई सकारात्मक र नकारात्मक गरि दुई तरिकाले उल्लेख गर्न सकिन्छ अर्थात द्वन्द्वका फाईदा र वेफाईदाका दुवै रहेका हुन्छन् जसलाई देहायको बुँदामा उल्लेख गर्न सकिन्छः
सकारात्मक प्रभाव (फाईदा)
- सामाजिक विभेद, थिचोमिचो र शोषणको न्यूनिकरण गर्न सहयोग गर्दछ,
- समाजलाई गतिशिलता र जीवन्तता प्रदान गर्न सहयोग गर्दछ,
- सिर्जनशिलता, अग्रसरता, नवपर्वतन र आविश्कारलाई प्रोत्साहन गर्दछ,
- लामो समयसम्म गुम्सिएका समस्याहरु सतहमा आउँछन् र समस्याको समाधान हुन्छ,
- समस्याहरुमा गहन छलफल हुन पुगि धेरै विकल्पहरु भेटिंदा उत्तम विकल्पको छनौट गर्न सकिन्छ,
- Redistributive Justice प्रभावकारी हुन्छ,
- नेतृत्वसिप विकास र निर्णय क्षमता अभिवृद्धि गर्दछ,
- पिछडिएको वर्ग, क्षेत्र, लिग वा समुदायको आवाजको प्रतिनिधित्व हुन पुग्छ,
- सामाजिक बहिस्करण, वञ्चितिकरण, सिमान्तिकरण विस्तारै कम हुँदै जान्छ,
- समाजमा बहस तथा छलफलको अवसर सिर्जना हुन्छ,
- सामाजिक सचेतना अभिवृद्धि गर्छ,
- सामाजिक तथा साँस्कृतिक रुपान्तरण गर्न सहयोग गर्दछ,
- पारदर्शिता प्रवर्द्धन मार्फत सुशासन अभिवृद्धि गर्दछ, आदि।
नकारात्मक प्रभाव (वेफाइदा)
- सामाजिक एकता र सहिष्णुता खलबलिन सक्छ,
- जातिय, धार्मिक, भाषिक, वर्गीय द्वन्द्वको कुशल व्यवस्थापन नभएमा सांम्प्रदायिक हिंसाका गतिविधि बढ्न सक्छ,
- व्यक्तिवादी चिन्तन हावि भएर जान्छ,
- तनाव र नकारात्मक सोचको विकास हुन्छ,
- सामाजिक एवं मानविय मूल्य मान्यता कमजोर हुन्छ,
- सामाजिक अराजकता बढेर जान्छ,
- दण्डहिनताको संस्कृति अभिवृद्धि हुन्छ,
- शासकीय प्रणाली कमजोर भई राज्यप्रति विश्वास घट्छ,
- समग्र सामाजिक विकासका कार्यहरु अवरुद्ध हुन जान्छन्,
- अल्पसंख्यक झन पिडित शोषित हुन पुग्छन्,
- शान्ति स्थापना एवं सुरक्षा व्यवस्थापनमा चुनौती थपिन्छ,
- द्वन्द्व व्यवस्थापनका लागी राज्यलाई आर्थिक व्ययभार पर्दछ, आदि।
द्वन्द्वका प्रकारहरु (Types of Conflict)
क) नतिजाको आधारमा
- सकारात्मक र नकारात्मक द्वन्द्व -द्वन्द्वले समाजमा सिर्जनशिलता अभिवृद्धि गरि सकारात्मक दिशातर्फ उन्मुख गराएमा सकारात्मक द्वन्द्व र द्वन्द्वले समाजलाई हिंसात्मक तथा विध्वंसात्मक रुप धारण गरी विनाशतर्फ उन्मुख गराएमा नकारात्मक द्वन्द्व
ख) पात्रहरुको उपस्थितीको आधारमा
- प्रत्यक्ष र अप्रत्यक्ष द्वन्द्व सतहमा देखिने प्रत्यक्ष र सतहभित्र लुकेको द्वन्द्वलाई अप्रत्यक्ष द्वन्द्व भनिन्छ।
ग) संलग्न पात्रको आधारमा
- द्विपक्षिय र बहुपक्षिय द्वन्द्व दुईवटा मात्र पक्ष सहभागि भएको द्वन्द्वलाई द्विपक्षिय द्वन्द्व भनिन्छ भने दुई भन्दा बढी पक्ष सहभागि भएको द्वन्द्वलाई बहुपक्षिय द्वन्द्व भनिन्छ।
घ) कारकको आधारमा
- यर्थाथवादी र अयर्थाथवादी द्वन्द्व द्वन्द्वको कारण वा दुई पक्षबीचको वेमेल प्रष्ट छुट्टीएको द्वन्द्व यर्थाथवादी द्वन्द्व हो भने वेमेल प्रष्टरुपमा नछुट्टीएको द्वन्द्व अयर्थाथवादी द्वन्द्व हो।
ङ) बैद्यताको आधारमा
- वैध र अवैध द्वन्द्व : वेमेल प्रष्टरुपमा छुट्टीई स्विकृत परिधिभित्र रहेको द्वन्द्वलाई वैध द्वन्द्व भनिन्छ भने वेमेल प्रष्टरुपमा नछुट्टीएको साथै स्विकृत परिधिभित्र नरहेको द्वन्द्वलाई अवैध द्वन्द्व भनिन्छ।
च) साम्प्रदायिकताको आधारमा
- साम्प्रदायिक द्वन्द्व र गैर साम्प्रदायिक द्वन्द्व फरक फरक समुदायबीच रहेको जाती, भाषा, धर्म, संस्कृति परम्परा लगायतको कारणबाट हुने द्वन्द्वलाई साम्प्रदायिक द्वन्द्व भनिन्छ भने यि बाहेकका अन्य कारणबाट हुने द्वन्द्वलाई गैर साम्प्रदायिक द्वन्द्व भनिन्छ।
छ) तहगत आधारमा
अन्तरवैयक्तिक :
- द्वन्द्व व्यक्ति भित्रकै सोच, विचार, अन्तरकलह, कुनै विषयमा द्विविधा लगायतको कारणले व्यक्ति भित्रै हुने द्वन्द्व
अन्तरव्यक्ति द्वन्द्व:
- दुई व्यक्ति बीचको आपसी संघर्ष, व्यक्तिगत स्वार्थ, वैचारिक बेमेल आदिको कारणले उत्पन्न हुने द्वन्द्व
अन्तर संगठन द्वन्द्व :
- संगठन भित्रको सांगठनिक संरचना, नीतिगत व्यवस्था, स्रोत साधनको वितरण, कार्य विभाजन लगायतको कारणले संगठन भित्र उत्पन्न हुने तथा विभिन्न विषयमा दुई वा सोभन्दा बढी संगठनहरुबीचमा उत्पन्न हुने द्वन्द्व
अन्तर समाज द्वन्द्व :
- कुनै निश्चित विषयमा एउटा समाज र अर्को समाजबीचमा उत्पन्न हुने द्वन्द्व
अन्तर स्थानीय तह द्वन्द्व
- स्रोत साधन, सीमाना लगायतको विषयमा दुई वा सोभन्दा बढी स्थानीय तहहरुबीचमा उत्पन्न हुने द्वन्द्व
अन्तर प्रादेशिक तह द्वन्द्व
- स्रोत साधन, सोमाना वा अन्य कुनै विषयमा दुई वा सोभन्दा बढी प्रदेशहरुबीचमा उत्पन्न हुने द्वन्द्व
राष्ट्रिय/अन्तराष्ट्रिय द्वन्द्व :
- राष्ट्रिय स्वार्थ वा राष्ट्रिय सरोकारका विषयमा हुने द्वन्द्व राष्ट्रिय द्वन्द्व र राष्ट्रिय सरोकारका विषयमा एक राष्ट्र र अर्को राष्ट्र विच हुने द्वन्द्व अन्तराष्ट्रिय द्वन्द्व
ज) विषय वस्तुका आधारमा
- राजनीतिक द्वन्द्व,
- धार्मिक एवं पृथकतावादी द्वन्द्व,
- आर्थिक द्वन्द्व,
- सामाजिक द्वन्द्व,
- आतकंवादसँग सम्बन्धित द्वन्द्व,
- विकाससँग सम्बन्धित द्वन्द्व, आदि।
द्वन्द्वका विभिन्न अवस्था
अदृश्य अवस्था :
- द्वन्द्वको विकास भइसकेको हुन्छ तर बाहिरबाट सहजै थाहा पाउन सकिदैन।
द्वन्द्वको हिंसात्मक सम्भावना
- अदृश्य अवस्थामा पार गरेको भएपनि खुला प्रकट हुँदैन । द्वन्द्वरत पक्षहरुबीचमा सामान्य विवाद वा मनमुटावको अवस्था विद्यमान हुन्छ। यो विकसित हुँदा हिंसाको सम्भावना रहन्छ।
खुला द्वन्द्व :
- द्वन्द्व प्रकट भई खुला रुपमा असर एवं प्रभाव देखापर्न थाल्दछ। हड्ताल वा प्रदशनको रुपमा देखा पर्दछन् । समयमै व्यवस्थापन नगरिएमा द्वन्द्वले खुला हिंसाको रुप लिन थाल्छ।
शसस्त्र द्वन्द्व :
- असन्तुष्ट पक्षहरु राज्यका कानूनहरुको उल्लघंन गर्दै हातहतियार सहित युद्धमा प्रवेश गर्छन् । यो द्वन्द्वको उत्कर्ष चरण वा अवस्था हो। उदाहरणको लागि सिरिया, अफगानिस्तान आदिको द्वन्द्वलाई लिन सकिन्छ।
द्वन्द्व चक्र
- समाज गतिशिल अन्तरसम्बन्धको स्रोत भएकोले हरेक समाजमा द्वन्द्व विद्यमान रहन्छ। कतिपय द्वन्द्व सतहमा नदेखिने हुन्छन् भने केहि समयपछि तिनको आयतन र तिव्रता विस्तार हुन सक्छ। सामाजिक द्वन्द्व सिर्जना, विस्तार र सो को व्यवस्थापन समेतका पक्षहरु समेटिएको चक्रलाई Conflict Cycle भनिन्छ।
- Latent Conflict (सुषुप्त असन्तुष्टि)
- De-escalation (द्वन्द्व न्यूनीकरण)
- Emergence (इन्द्रको उद्रव)
- Tension/Crisis (तनावको अवस्था)
- Escalation (इन्द्रको तिव्रता र परिमाण विस्तार )
1.सुषुप्त असन्तुष्टि (Latent Conflict):
- समाजमा विद्यमान विभिन्न किसिमका असन्तुष्टि र असमझदारी सतहमा देखा नपरे पनि तिनका संकेतहरु कुनै न कुनै रुपमा अनुभूत गरिएको हुन्छ।
2. उद्भव (Emergence):
- जब सामाजिक असन्तुष्टि, समझदारी वा बेमेल सतहमा देखापर्दछ, यसले विभिन्न क्षेत्रमा आफ्नो असर देखाउँछ। अर्थात, द्वन्द्व स्पष्ट देखिने स्वरूपमा उपस्थित हुन्छ।
3 . तिब्रता विस्तार (Escalation):
- द्वन्द्वको परिमाण, आकार र असर तिन्न रूपमा विस्तार हुँदै जाँदा यसले समाजमा विभिन्न नकारात्मक प्रभाव समेत पार्न सक्छ। द्वन्द्वरत पक्षहरुबीच मनमुटाव, खिचातानी, तनाव तथा बिद्रोह समेतदेखा पर्दछ।
4. तनावको अवस्था (Crisis) द्वन्द्र
- थप सशक्त, सक्रिय र अनियन्त्रित भएको अवस्थालाई तनावपूर्ण अवस्था भनिन्छ। द्वन्द्वरत पक्षहरु आ-आफ्नो स्वार्थका लागि विभिन्न रणनीति, शक्ति र साधनको समेत प्रयोग गर्न उद्दत रहन्छन् ।
5. न्यूनीकरण (De-escalation):
- यस चरणमा द्वन्द्वरत पक्षहरुबीच छलफल, वार्ता, सम्झौता, मध्यस्थता एवं द्वन्द्व व्यवस्थापनका विभिन्न रणनीतिहरु प्रयोग हुन्छन् । द्वन्द्व व्यवस्थापनका लागि विभिन्न उपायहरु यस चरणमा अबलम्बन गरिन्छ।
सामाजिक विवाद तथा द्वन्दुको व्यवस्थापन
- समाज भित्रको द्वन्द्वलाई सकारात्मक नतिजामा अवतरण गराउँदै द्वन्द्वका नकारात्मक पक्षलाई व्यक्तिगतस्तर सम्म नै न्यूनिकरण गर्ने कार्यको रुपमा रहेको द्वन्द्व व्यवस्थापनले द्वन्द्वको सहज र सरल व्यवस्थापनको लागि योजना बनाउने, संगठन गर्ने, आवश्यक जनशक्तिको परिचालन गर्ने, सम्बन्धित क्षेत्रलाई नियमन र निर्देशन गर्ने, सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने, माथिल्लो निकाय समक्ष प्रतिवेदन गर्ने र आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्ने सम्मको कार्यलाई जनाउँदछ।
- सामाजिक विवाद तथा द्वन्द्वले निम्त्याउन सक्ने जोखिमहरुलाई न्यूनिकरण गर्दै यसलाई सकरात्मक दिशा तर्फ केन्द्रित बनाउन अपनाईने रणनीतिक तौरतरिका वा उपायलाई नै सामाजिक विवाद तथा द्वन्द्व व्यवस्थापन भनिन्छ । अर्थात द्वन्द्वका नकारात्मक पक्षबाट सचेत रही द्वन्द्वलाई सिर्जनशिलतामा रुपान्तरण गर्ने कार्य नै द्वन्द्व व्यवस्थापन हो।
- द्वन्द्वरत पक्षहरुबीच समन्वय, निर्देशन, नियन्त्रण गरी सामाजिक क्रियाशिलता, प्रभावकारिता एवं उत्पादकत्व अभिवृद्धि गर्न अवलम्बन गरिने प्रक्रिया नै द्वन्द्व व्यवस्थापन हो। यसले,द्वन्द्व फैलिन नदिन,
-द्वन्द्वको जोखिमबाट हुने क्षति रोक्न,
-समाजमा शान्ति र सहिष्णुता कायम गर्न उपयुक्त वातावरणको निर्माण गर्दछ।
द्वन्द्व व्यवस्थापनको महत्व/आवश्यकता/औचित्य
- सामाजिक द्वन्द्वले निम्त्याउन सक्ने सम्भावित हिंसा, जोखिम वा क्षतिको निराकरण गर्न,
- सामाजिक एकता, सद्भाव र सौहार्दतालाई अक्षुण्ण राख्न,
- शान्तीपूर्ण वातावरणमा बस्न पाउने नागरिकको हकको सुनिश्चितता गर्न,
- समाजमा विद्यमान द्वन्द्वबाट समाजले अधिकतमरुपमा फाईदा लिने वातावरणको निर्माण गर्न,
- सामाजिक विकासमा देखिएका बाधा, अवरोधलाई हटाई सामाजिक विकासलाई गतिशिलता प्रदान गर्न,
- समाजमा द्वन्द्वको आवश्यकता बुझि आवश्यकता अनुसार द्वन्द्वको सिजर्ना वा निरुत्साहन गर्न,
- स्रोत, साधन र उपलब्धीको न्यायोचित वितरण गरी सबै वर्ग, क्षेत्र, जाती र समुदायको राज्य प्रति अपनत्वभाव बढाउन,
- द्वन्द्वका नकारात्मक पक्ष समयमै पहिल्याई यसको निराकरण गर्न,
- लोकतान्त्रिक मूल्य मान्यता, कानूनको शासन, मानव अधिकार र मौलिक हको संरक्षण र सम्मर्द्धन गर्न, आदि।
द्वन्द्व व्यवस्थापनमा सम्बद्ध पक्षहरु/भूमिका खेल्ने पक्षहरु
सरकारको भूमिका
- सबै वर्ग, क्षेत्र, लिंग, समुदायको सशक्तिकरण हुने गरी बजेट तथा योजनाहरु बनाउने,
- गरिबी निवारण, जनजाति एवं दलित वर्गको उत्थान, सिमान्तकृत वर्गको मूलप्रवाहिकरण, दुर्गम क्षेत्रको विकास एवं सशक्तिकरण जस्ता कार्यहरु गर्ने,
- सामाजिक सुरक्षा र सामाजिक न्यायको सिद्धान्तलाई व्यवहारमा उतार्ने,
- सन्तुलित, समन्यायिक र सर्वागिण विकास गर्ने,
- सरल, निष्पक्ष र पहुँचयोग्य न्यायको व्यवस्थाको प्रत्याभूति गर्ने,
- धार्मिक, साँस्कृतिक एवं जातिय विविधताको सम्मान गर्ने किसिमका नीति तथा कार्यक्रम बनाउने,
- द्वन्द्वरत पक्षसँग वार्ता गर्ने वातावरण सिर्जना गर्ने र उनिहरुको माग सम्बोधन गर्न उपयूक्त उपायको खोजी गर्ने, आदि।
राजनीतिक दलको भूमिका
- राजनीतिक आस्थाका आधारमा समाजमा विवाद तथा द्वन्द्व सिर्जना हुन नदिने,
- सामाजिक वातावरणमा प्रतिकुल असर पार्ने किसिमका गतिविधि संचालन नगर्ने,
- राजनीतिक नेतृत्वलाई समावेशि बनाउने तथा आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने,
- समय सापेक्ष र वस्तुनिष्ठ कानून निर्माणमा योगदान गर्ने,
- समाजको संवेदनशिलतालाई ख्याल गरी राजनीतिक अभिव्यक्ति दिने,
- सामाजिक एकता, भातृत्व, सहिष्णुताप्रति राजनीतिक प्रतिबद्धता कायम गर्ने,
- असल राजनीतिक संस्कारको विकास गर्ने, आदि।
प्रशासनको भूमिका
- विकास निर्माणका कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सामाजिक सहभागिता प्रवर्द्धन गर्ने,
- सामाजिक न्यायका आधारमा सार्वजनिक सेवाको प्रवाह गर्ने, (LiFo and FiFo Principle मा आधारित रहने)
- छिटो, छरितो, गुणस्तरीय, जनसहभागितामुलक, समावेशी, मितव्ययि, पारदर्शि एवं उत्पादनशील सेवा प्रवाहमा जोड दिने,
- जनताको नजिकमा रहेर सेवा प्रवाह गर्न उद्धत रहने,
- Mediator (मध्यस्थकर्ता), Conciliator (संयोजनकर्ता), Arbitator (कानूनको प्रयोग र व्याख्या) & Consultant (परामर्शदाता) को रुपमा काम गर्ने,
- सामाजिक/साँस्कृतिक परम्परा, रीतिरिवाज, संरचना एवं त्यसको असर र प्रभावको जानकारी राख्ने,
- जनभावना अनुसार सामाजिक, आर्थिक विकासका कार्यक्रम संचालन गर्ने, आदि।
सामुदायिक संस्था एवं नागरिक समाजको भूमिका
- सामाजिक क्रियाकलाप संचालन गर्दा धार्मिक, जातिय, वर्गीय, लैगिंक विभेद नहुने गरी संचालन गर्ने,
- आफ्ना गतिविधि संचालन गर्दा समाजको संवेदशिलतामा ख्याल गर्ने,
- राम्रा कामको समर्थन र नराम्रा कामको शान्तिपूर्ण तवरले विरोध गर्ने,
- सामाजिक शोषण, दमन, अन्याय, अत्याचारका गतिविधिहरुको अनुगमन, मूल्यांकन गरी सरोकारवाला पक्षको ध्यान केन्द्रित गर्ने,
- सामाजिक सचेतना अभिवृद्धि, पहुँच र सहभागिता प्रवर्द्धन गर्ने, आदि।
परिवारको भूमिका
- परिवारका सबै सदस्यबीचमा समान व्यवहार र सम्बन्ध कायम राख्ने,
- पारिवारिक सदस्यहरुलाई नैतिक शिक्षा प्रदान गर्न जोड दिने, आदि।
व्यक्तिको भूमिका
- अधिकार सँगै कर्तव्यलाई पनि सम्झने,
- व्यक्तिगत अहमता र घमण्ड त्याग गर्ने,
- सहनशिल हुने,
- सामाजिक मूल्य मान्यता तथा राज्यका कानूनहरु प्रति सजक रहने, आदि।
द्वन्द्व व्यवस्थापन गर्ने उपायहरुलाई निम्न २ प्रकारबाट पनि अध्ययन गर्न सकिन्छ
प्रवर्द्धनात्मक/निरोधात्मक उपाय/तरिका
सामाजिक विवाद तथा द्वन्द्वलाई नकारात्मक दिशा तर्फ उन्मुख नगराउन पूर्व सावधानी अपनाउनु नै द्वन्द्व व्यवस्थापनको प्रवर्द्धनात्मक उपाय हो। जसका लागि देहायका उपायहरुको अवलम्वन गर्न सकिन्छ :
- सामाजिक सचेतना अभिवृद्धि,
- सामाजिक अन्तरक्रिया/संवाद,
- सामाजिक धारणा सर्वेक्षण,
- सामाजिक वकालत,
- सहभागितामूलक सामाजिक क्रियाकलापको प्रवर्द्धन,
- विविधताको व्यवस्थापन,
- समता र समानता कायम गर्ने,
- सामाजिक न्याय प्रवर्द्धन गर्ने,
- Periodic and Perspectiive plan बनाउने र सोको वस्तुनिष्ठ कार्यान्वयन गर्ने,
- समान पहुँच, सहभागिता र एकतामा जोड दिने, आदि।
उपचारात्मक उपाय/विधिहरू
सामाजिक विवाद तथा द्वन्द्वलाई प्रवर्द्धनात्मक तौरले निरोपण गर्न नसकेको खण्डमा यसको व्यवस्थापनको लागि देहायको तरिका वा उपायको अवलम्बन गर्न सकिन्छ :
- विवाद वा द्वन्द्वको अवस्था आकंलन वा पहिचान गर्ने, यसको अवस्थाको विश्लेषण र लेखाजोखा गर्ने,
- विकल्पहरुको पहिचान गर्ने र उत्तम विकल्पको छनौट गर्ने,
- वार्ता, मध्यस्थता, संचार गर्ने,
- लेनदेन र सम्झौतामा मेलमिलाप गर्ने,
- पञ्च निर्णय, न्यायिक निर्णयको सहारा लिने,
- धम्की दिने र धम्की सहने, हस्तक्षेप गर्ने,
- शान्तिपूर्ण नाकावन्दी, प्रतिबन्ध,
- पुनः वार्ता, मध्यस्थता गरी समुचित व्यवस्थापन गर्ने र निश्कर्षमा पुग्ने
द्वन्द्व व्यवस्थापनका रणनीतिहरु/शैलीहरु
इन्कारीमूलक/उम्कन खोज्ने/पन्छाउने शैली (Avoiding)
- No Win – No Loss
- द्वन्द्वलाई बेकारको विषय मानि पन्छाउने,
- एक अर्काको मागलाई अस्विकार गर्ने रणनीति,
- सामान्य अवस्थाको द्वन्द्वको लागि उपयोगि हुने, आदि।
समायोजन/समर्पण शैली (Accomodating)
- Loss-Win रणनीति
- राम्रो कामका लागि आफ्नो हितलाई त्याग्ने र अर्को पक्षलाई मिलाउने रणनीति, आदि।
दबाउने शैली (Competing)
- Win-Loss
- अरुलाई दबाउने आफू जित्ने तर्फ केन्द्रित रहने रणनीति, आदि।
सहकार्यमूलक/सहयोगात्मक/साझेदारी शैली (Collaborating)
- Win-Win रणनीति
- सामूहिक हित प्रवर्द्धन गर्ने खालका द्वन्द्व जसको सबैलाई फाईदा पुग्ने गरी समाधान गर्ने,
- कुनै एक पक्षको जित नहुने अवस्थामा अर्को पक्षको हितलाई कायम राख्न आ नो पक्षको वलिदान र त्याग गर्ने शैली, आदि।