४.१ पारिस्थितिक प्रणाली (Ecosystem)
 
परिचय
 
  • पारिस्थितिक विज्ञानको अंग्रेजी समकक्षी रुप ecology हुन्छ। जुन शब्द ग्रीक भाषाको okies Logos मिलेर बनेको हुन्छ । okies को अर्थ वासस्थान र Logos को अर्थ अध्ययन हुन्छ । यसरी परिस्थितिक विज्ञानले बसस्थानको अध्ययन भन्ने संकेत गरेको स्पष्ट हुन्छ ।
  • पारिस्थितिक शास्त्र विद ई बामिंड (E. Warming) ले वातावरणको सन्दर्भमा विभिन्न जीव जन्तुको अध्ययनलाई पारिस्थितिक विज्ञान भनेका हुन् । एफ एफ डालिङका अनुसार बातावरण र जीवहरुको अन्तर सम्बन्धको बारेमा गरिने अध्ययन नै पारिस्थितिक हो ।
  • सन् १९३५ मा सर्वप्रथम ब्रिटिस पारिस्थितिक शास्त्री A.G. Tansley ले जैविक तथा अजैविक वस्तुहरुको अन्तर क्रियालाई पारिस्थितिक पद्धति भनिन्छ भनी परिभाषित गरेका छन्। (The ecosystem is the interrelation between all living and non living factors of an environment).
  • इ.पी ओडम् भन्छन्- खास क्षेत्रभित्रका शिर्षकहरुको शक्तिको सञ्चारको कममा प्रक्रियामा हुने अन्तरक्रिया र अन्तरनिर्भरता नै पारिस्थितिक प्रणाली हो। वतावरणमा भएका सजीवहरु र भौतिक वाताबरणचिचको अन्तरसम्बन्ध निरन्तर तथा स्थायी रुपमा चलिरहने प्रक्रियालाई पारिस्थितिक प्रणाली भनिन्छ । प्राणी तथा वनस्पतिको अन्तरक्रिया जसबाट शक्तिको आदान प्रदान हुन्छ त्सलाई पारिस्थितिक प्रणालीको रुपमा लिन सकिन्छ । नेपालमा हाल ११८ प्रकारका पारिस्थितिक पद्धतिहरु रहेका पाइन्छन् ।
  • पारिस्थितिक प्रणालीका तत्वहरु (Components of Ecosystem)
  • क. अजैविक तत्वहरु (Abiotic or Non living components)
  • पारिस्थितिक प्रणालीमा अजैविक तत्वहरुमा अजैविक तत्वहरुमा निर्जीव वस्तुहरु पर्दछन् । तिनिहरु यस प्रकारका छन् :
  • पृथ्वीमा पाइने ठोस बस्तुहरु
  • समुन्द्र, नदी, ताल, पोखरी,
  • हावा तथा हावामा मिलेर रहेका विभिन्न ग्यास जन्य तत्वहरु
  • हावापानी क्षेत्र तथा तपक्रम, आँधी, बतास
  • क्लोरोफिल जस्ता अजैविक तत्वहरु तथा प्रोटिन, कार्बोहाइड्रेट जस्ता तत्वहरु
  • ख. जैविक तत्वहरु (Biotic or Living components)
  • समस्त सजीव बस्तुहरु (प्राणी तथा बनस्पति) यसमा पर्दछन्। यिनिहरुलाई स्वपोषित (Autotrophic components) र परपोषित तत्व (Heterotrophic components) गरी २ भागम बाड्न सकिन्छ।
  • स्वपोषकमा सौर्यशक्तिको सहायताले जमीनमा भएका खाद्य तत्व ग्रहण गरी आफ्नो खाना आफै बनाउन सक्ने हरिया वनस्पतिहरु पर्दछन् ।
  • परपोपोषितमा प्रक्तिबाट खाद्य वस्तु ग्रहण गरी बसेका वस्तुहरुको उपभोगमा आधारित हुन्छन् ।
error: Content is protected !!

Review My Order

0

Subtotal