• १.३ सामाजिक र सांस्कृतिक रूपान्तरण

सामाजिक तथा सांस्कृतिक रुपान्तरण

 

समाज भनेको के हो ?

  • ल्याटिन भाषाको Socius बाट Society शब्द बनेको हो। यसको अर्थ ‘मेलमिलाप’ वा ‘मित्रता’ भन्ने हुन्छ ।
  • एकै ठाउँमा बसेर एक अर्काप्रति मित्रवत् व्यवहार गर्नुलाई समाज भनिन्छ। यसले साझा मूल्य, मान्यता, उद्देश्य, आदर्श, विचार, अनुभव बोकेर बसेका मानिसहरुको समूहलाई इंगित गर्दछ ।
  • विभिन्न घटकहरूको संयोजन (धर्म, भाषा, लिङ्ग, पेशा, जाति, जाति, विचार, वर्ग, रंग, सोच, भावना, जीवनशैली, पोशाक, आदि)।
  • मानवीय सम्बन्धको जालोको रुपमा रहेको समाजको आफ्नै किसिमको संरचना, संगठन र सम्बन्ध हुन्छ ।
  • Society is the complex whole which includes knowledge ,belief ,art, morals ,law, custom and other capabilities and habits acquired by men as a member of society.(समाज एउटा जटिल समग्र हो जसमा ज्ञान, विश्वास, कला, नैतिकता, कानून, रीतिरिवाज र अन्य क्षमता र बानीहरू समावेश छन् जुन मानिसहरूले समाजको सदस्यको रूपमा प्राप्त गर्छन्। ) -E.B Taylor (ई बी टेलर)

    • Society is the web of relationship (समाज भनेको सम्बन्धको जालो हो।) – Mac Iyer and Page (म्याक आइभर र पृष्ठ)

      संस्कृति भनेको के हो ?

      • संस्कृति समाजको ऐना हो। राष्ट्र‌को गहना हो।
      • मानव जातिले आदिम कालदेखि आजको दिनसम्म आउने क्रममा विकास गरेको भाषा, धर्म, रितीरिवाज, चालचलन, मूल्यमान्यता, प्रविधि, पोशाक, प्रथा परम्परा एवं संगीत, साहित्य, नैतिकता र आचारविचारको समष्टि वा संगम नै संस्कृक्ति हो ।
      • इवि टेलरको मत अनुसार संस्कृक्ति भनेको ज्ञान, कला, विज्ञान, विश्वास, नैतिकता, कानून एवं समाजको एक सदस्य भएको हैसियतले आर्जन गरेको क्षमता एवं आनिबानीको जटिल समग्रता हो।
      • संस्कृति भनेको कुनै विशेष व्यक्ति वा समाजको विचार, रीतिरिवाज र सामाजिक व्यवहार हो।
      • परम्परागत रुपमा चलिआएका बोलीचाली, खानपान, लवाइखवाइ, रहनसहन, रीति, प्रचलन, चाडपर्व, भेषभूषा, मूल्य, मान्यता, मर्यादा, शिष्टाचार, नैतिकता आदिको समष्टिगत रुप संस्कृति हो।

      संस्कृतिका दुई प्रकार

      (१ ) भौतिक संस्कृति देख्न छुन सकिने धार्मिक मेला, मन्दिर, मस्जिद, गुम्बा, आदि ।

      (२) अभौतिक संस्कृति अनुभूत मात्र गरिने जस्तै, चाडपर्वको मर्म, धार्मिक भावना आदि ।

      • वास्तवमा, समाज भनेको हाम्रो घर र संस्कृति भनेको हाम्रो जीवन पद्धतिको बाटो हो। समाज जहिले पनि संस्कृक्तियुक्त हुन्छ । संस्कृतिरहित मानव समाज हुनै सक्तैन ।

      संस्कृतिका विशेषताहरु

      • यो मानवनिर्मित हुन्छ ।
      • यो सिकिएको व्यवहार हो ।
      • यो अन्तरपुस्तागत हस्तान्तरित हुन्छ ।
      • यो परिवर्तनशील हुन्छ ।
      • यो आदर्शात्मक हुन्छ ।
      • यो विविधतायुक्त हुन्छ ।
      • यो प्रतीकात्मक हुन्छ ।
      • यो शेयर (साझेदारी) गरिने खालको हुन्छ ।
      • यो Continuous र Cumulative हुन्छ ।
      • यो मानव समाजमा मात्र पाइन्छ ।
      • यसले सामाजिक एकता कायम राख्दछ ।
      सामाजिक/साँस्कृतिक रुपान्तरणको सैद्धान्तिक ढाँचा
      • संरचनात्मक कार्यगत ढाँचा (Structural Functional Model)
      • मार्क्सवादी ढाँचा (Marxist Model)
      • प्रतीकात्मक ढाँचा (Symbolic Model)
      • क्रमिक विकासवादी ढाँचा (Evolutionary Model)
      • द्वन्द्ववादी ढाँचा (Conflict Model)
      • विकासवादी ढाँचा (Development Model)
      • परिवर्तनकारी नेतृत्व ढाँचा (Tranformational Leadership Model)
      • सामुदायिक परिचालन ढाँचा (Community Mobilization Model)
      रुपान्तरण भनेको के हो ?
      • समाज/संस्कृतिका विविध पक्षमा आउने सकारात्मक परिवर्तन नै रुपान्तरण हो ।
      • परिवर्तनका कुराहरु एक चरणबाट अर्को चरणमा प्रवेश गर्नु नै रुपान्तरण हो ।
      • समाज/संस्कृक्तिमा परिवर्तन आउनु नै सामाजिक रुपान्तरण हो
      • सामाजिक परिवेश, क्रियाकलाप, मूल्य, मान्यता, सरोकार र सम्बन्धका ढाँचा/शैलीहरुमा परिवर्तन आई एक अवस्थाबाट अर्को अवस्थामा पुग्ने प्रक्रिया/पद्धति वा अग्रगमन नै सामाजिक रुपान्तरण हो ।
      • सामाजिक रुपान्तरण एक क्रमिक प्रक्रिया हो।
      परिवर्तन र रुपान्तरणमा भिन्नता
      • परिवर्तन सकारात्मक वा नकारात्मक जस्तो पनि हुन सक्छ तर रुपान्तरण सधै सकारात्मक मात्रै हुन्छ ।
      • परिवर्तन पछाडि फर्कन पनि सक्छ तर रुपान्तरण सधै अगाडि नै बढिरहन्छ ।
      • परिवर्तनमा सानो हिस्सा मात्र परिवर्तित हुन्छ तर रुपान्तरणमा Whole मै परिवर्तन आउँछ ।
      • परिवर्तन गलत पनि हुन सक्छ तर रुपान्तरण कहिल्यै गलत हुँदैन ।
      • परिवर्तन रुपान्तरणका लागि साधन मात्रै हुन सक्छ तर रुपान्तरण आफै नै साध्य हो।
      • यसबाट के बझ्न सकिन्छ भने रुपान्तरण जहिले पनि स्थायी प्रकृतिको, प्रगतिशील र क्रान्तिकारी हुन्छ ।
      सामाजिक रुपान्तरण
      • समाजको संरचना, व्यवहार, प्राथमिकता र सोचमा हुने सकारात्मक परिवर्तन सामाजिक रुपान्तरण हो । सामाजिक अवस्थामा आउने सकारात्मक परिवर्तन नै सामाजिक रूपान्तरण हो । यस किसिमको रुपान्तरणले परम्परागत सोच, मूल्य, विद्यमान सामाजिक सांस्कृतिक असमानता विकृतिको अन्त्य भई आधुनिक मूल्य मान्यताको स्थापित हुन्छ । यसले सामाजिक व्यवहार, रहनसहन, प्राथमिकता, व्यावसाय, सम्बन्ध आदिमा हुने सकारात्मक परिवर्तनलाई इंगित गर्दछ ।
      • सूचना प्रविधिको विकास, शासनमा लोकतान्त्रिकरण, विश्वव्यापीकरण, उदारीकरण, बसाईसराई लगायतको जैविक तथा अजैविक तत्वहरुबाट सामाजिक रुपान्तरण हुन्छ ।

         

      • सामाजिक रुपान्तरण भनेको समाजमा भएका विकृति, विसंगति, शोषण, दमन, अत्याचार जस्ता सामाजिक समस्याको अन्त्य गरी समाजलाई आधुनिकता, नवीनता, अग्रगमनतर्फ उन्मुख गराउने कार्य हो।

         

      • सामाजिक रुपान्तरणले समाजलाई युग सापेक्ष, गतिशील र जीवन्त बनाउन योगदान गर्दछ ।

         

      • सामाजिक रुपान्तरण समाजमा समयक्रमसँगै चल्ने निरन्तर, नियमित र अनिवार्य प्रक्रिया हो जुन अवस्यंभावी हुन्छ र यसलाई कसैले चाँहदैमा रोक्न सकिदैन ।

         

      • सामाजिक रुपान्तरण समयानुकुल भएमात्र समाजमा स्वीकार्य हुन्छ, समाजले सहज रूपमा स्विकार नगरेका विषयलाई सामाजिक रुपान्तरणको रुपमा लिन सकिदैन ।

         

      सामजिक रूपान्तरण एक क्रमिक, नियमित र अविच्छिन्न प्रक्रिया भएकोले यसका विषयवस्तुलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :

      :root{
      --size: 820px; /* overall canvas size - change to scale diagram */
      --center-w: 380px; /* center oval width */
      --center-h: 200px; /* center oval height */
      --outer-d: 140px; /* outer circle diameter */
      --radius: 260px; /* distance from center to circles */
      --bg: #f5f5f5;
      --shape-bg: #cfcfcf;
      --text-color: #222;
      --shadow: 6px 6px 12px rgba(0,0,0,0.25);
      --font-family: "Noto Sans Devanagari", "Mangal", sans-serif;
      }

      .diagram-wrap{
      width: var(--size);
      height: calc(var(--size) * 0.75);
      max-width: 100%;
      margin: 10px auto;
      background: var(--bg);
      position: relative;
      font-family: var(--font-family);
      box-sizing: border-box;
      border-radius: 10px;
      padding: 20px;
      }

      .diagram{
      position: relative;
      width: 100%;
      height: 100%;
      overflow: visible;
      }

      /* center oval */
      .center{
      position: absolute;
      left: 50%;
      top: 50%;
      width: var(--center-w);
      height: var(--center-h);
      transform: translate(-50%, -50%);
      background: linear-gradient(180deg,var(--shape-bg), #bfbfbf);
      border-radius: 50% / 60%;
      display:flex;
      align-items:center;
      justify-content:center;
      box-shadow: var(--shadow);
      border: 1px solid rgba(0,0,0,0.08);
      text-align:center;
      padding: 10px;
      font-weight: 700;
      color: var(--text-color);
      font-size: 28px;
      line-height: 1.1;
      }

      /* container for the six outer items - we will rotate the group */
      .outer-group{
      position: absolute;
      left: 50%;
      top: 50%;
      width: 0;
      height: 0;
      }

      .outer{
      --angle: 0deg; /* overridden inline */
      position: absolute;
      left: 50%;
      top: 50%;
      width: var(--outer-d);
      height: var(--outer-d);
      transform-origin: 50% calc(50% + var(--radius));
      /* place circle along a radius and keep it upright */
      transform: rotate(var(--angle)) translateY(calc(-1 * var(--radius))) rotate(calc(-1 * var(--angle))) translate(-50%, -50%);
      background: linear-gradient(180deg,var(--shape-bg), #bfbfbf);
      border-radius: 50%;
      display:flex;
      align-items:center;
      justify-content:center;
      box-shadow: var(--shadow);
      border: 1px solid rgba(0,0,0,0.08);
      font-weight: 600;
      color: var(--text-color);
      text-align:center;
      padding: 10px;
      font-size: 16px;
      line-height: 1.2;
      }

      /* small arrow/connector from center to each outer circle */
      .outer::before{
      content: "";
      position: absolute;
      left: 50%;
      top: 50%;
      width: 18px;
      height: 10px;
      transform-origin: center;
      transform: translate(-50%, calc(-1 * (var(--outer-d) / 2 + 6px)));
      background: transparent;
      clip-path: polygon(50% 0%, 0% 100%, 100% 100%); /* small triangle arrow */
      filter: drop-shadow(0 1px 1px rgba(0,0,0,0.15));
      background: linear-gradient(180deg, #dcdcdc, #bfbfbf);
      }

      /* responsive scaling */
      @media (max-width: 700px){
      :root{ --size: 360px; --center-w:260px; --center-h:140px; --outer-d:100px; --radius:150px; }
      .center{font-size:20px}
      .outer{font-size:13px}
      }

      सामाजिक रूपान्तरण

      सामाजिक व्यवस्था
      सामाजिक क्षमता
      सामाजिक संरचना
      सामाजिक व्यवहार
      सामाजिक प्राथमिकता
      सामाजिक अन्तरसम्बन्ध
      सांस्कृतिक रुपान्तरण
      • सांस्कृतिक रूपान्तरण भन्नाले सामाजिक संरचना वा ढाँचा, सामाजिक मूल्य मान्यता र सामाजिक आदर्शका आधारमा सांस्कृतिक मूल्य मान्यताको सामञ्जस्यता र रूपान्तरण बुझिन्छ।
      • सांस्कृतिक पक्षहरुमा निरन्तर रुपमा सुधार, नविनता र प्रवर्द्धनको प्रक्रिया नै सांस्कृतिक रुपान्तरण हो
      • । समाजमा विद्यमान सांस्कृतिक विकृतिहरुको अन्त्य गर्दै सांस्कृतिक मूल्यमान्यताको संरक्षण गर्नु, नयाँ सांस्कृतिक मूल्यको विकास र अवलम्वन गर्नु, सांस्कृतिक बहुलता स्वीकार गर्नु तथा धार्मिक सांस्कृतिक क्षेत्रको सुधार र आधुनिकीकरण गर्नु नै समग्रमा सांस्कृतिक रुपान्तरण हो
      सामाजिक रुपान्तरणका क्षेत्र

      (१) सामाजिक संरचनामा रुपान्तरण

      • Vertical to horizontol (ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र)
      • Satellite family to nuclear family (संयुक्त परिवारबाट एकल परिवारतर्फ रुपान्तरण हुँदै गएको ।)
      • Star settlement to satellite settlement (टाढा बस्ने प्रवृत्तिबाट नजिक बस्ने प्रवृत्तिमा परिवर्तन)
      • Rural to urban migration and national to international (गाउँबाट शहरतिर र स्वदेशबाट विदेशतिर बसाई सराइ गर्ने प्रवृत्ति)

      (२) सामाजिक मूल्यमा रुपान्तरण

      • छुवाछूत तथा जातिय भेदभावको दृष्टिकोणमा परिवर्तन ।
      • अन्तरजातीय विवाहको स्वीकार्यता ।
      • धर्मप्रतिको कट्टरपनामा सुधार र धार्मिक सहिष्णुता ।

      (३) सामाजिक व्यवहारमा रुपान्तरण

      • छोरा र छोरीलाई हेर्ने दृष्टिकोणमा समानता ।
      • नारी शिक्षामा जोड ।
      • सम्पत्तिमा छोरा र छोरीको समान अधिकार र स्वामित्वको बहस ।
      • कमैया, हली, तिलक, दाइजो, वोक्सी, सुनौलीरुपौली, देउकी, कमलरी, बालीघरे आदि प्रथा र परम्परामा क्रमिक सुधार ।

      (४) सामाजिक प्राथमिकतामा रुपान्तरण

      • विगतमा कचहरी, पञ्चभेला, धर्मशाला, चौतारी निर्माणमा सामाजिक संलग्नता ।
      • आज विकासका प्राथमिकता र सामाजिक अन्तरक्रियांका साधनमा परिवर्तन ।

      (५) सामाजिक जीवनशैलीमा रुपान्तरण

      • जन्म, व्रतबन्ध, विवाह, मृत्यु संस्कार आदिमा धार्मिक, सांस्कृक्तिक मूल्य मान्यताको अवलम्बनमा जोड ।
      • मनोरञ्जनका माध्यमको रूपमा रोधीघर, दोहोरी सांझ, संगीनी आदि प्रयोग हुनेमा आज सूचना प्रविधि र सामाजिक सञ्जालमा आधारित मनोरञ्जनका साधनको प्रयोगमा व्यापकता ।

      (६) सामाजिक सम्बन्धमा रुपान्तरण

      • प्रत्यक्ष भेटघाट, आवागमन र आफन्तबीच सहकार्यमा हुने सम्बन्ध आज विद्युतीय साधनमा सीमित ।
      • आपसी सहयोग, सहकार्य, ऐचोपैचो, सम्बन्धी व्यवस्था आज स्वार्थप्रेरित र व्यवसायिक बन्दै गएको अवस्था ।

      (७) सामाजिक पेशा/व्यवसायमा रुपान्तरण

      • हिजो निर्वाहमुखी कृषि तथा आज व्यवसायिक क्षि, वैदेशिक रोजगार, पर्यटन ।
      • सेवा उद्योगको विस्तार तथा औद्योगिक प्रवर्द्धन गरी value add गर्ने कुरामा जोड ।
      • सूचना प्रविधिमा आधारित व्यापार, व्यवसायको विस्तार।

      ८) सामाजिक संस्था/संगठनमा रुपान्तरण

      • विवाह – कोर्ट म्यारिज (सतीदेखि सम्बन्ध विच्छेदसम्म)
      • रोधी -दोहोरी (रमाइलोदेखि व्यवसायसम्म)

         

      • भान्छा – क्याटरिङ

         

      • संस्कृत विद्यालय – अंग्रेजी विद्यालय

      (९) सामाजिक प्रथा/रीति/प्रचलन/परम्परामा रुपान्तरण

      • सतीप्रथा, बालविवाह, केटी तान्ने, साटो हाल्ने आदिबाट प्रेम विवाह र लिभिङ टुगेदर जस्ता अभ्यास ।
      • हक लाग्ने, हाड नाता विवाह, देउकी चढाउने आदिमा कानूनी प्रतिबन्ध ।
      • एकल सांस्कृतिक प्रचलनबाट बहुसांस्कृतिक प्रचलनमा रूपान्तरण । जस्तै: छठ पर्व पहाडीया र मधेशी दुवैले मिलेर मनाउने ।
      सामाजिक रुपान्तरणको कमजोर पक्ष

      सामाजिक रूपान्तरणका आयामहरू
       
       
      १. सामाजिक आयाम
       
      • विकृति र विसङ्गतिको अन्त्य
      •  सामाजिक सद्भाव
      • सामाजिक न्याय, समानता
       
         
      २. सांस्कृतिक आयामहरू

      • सांस्कृतिक सहिष्णुता
      • सांस्कृतिक एकता
      सम्पदा संरक्षण
         
      ३. आर्थिक आयाम
      गरिबी निवारण र रोजगारी सिर्जना
      आर्थिक वृद्धि र विकास
      आर्थिक रूपान्तरण
      स्रोत साधनको समन्यायिक वितरण उद्यमशीलता विकास र प्रवर्द्धन
      सचेतना, नागरिक शिक्षा नैतिकता र सदाचार अभिवृद्धि
      ४. शैक्षिक आयाम

      सामाजिक एवं सांस्कृतिक रूपान्तरणका विशेषताहरू:

      • यो सर्वव्यापी स्वरूपको हुन्छ ।
      • यो सामान्य प्राकृतिक नियम हो ।
      • यो सामुदायिक रूपमा परिवर्तनकारी हुन्छ ।
      • यो अनुमान गर्न कठिन हुन्छ ।
      • यो निरन्तर सुधारको संवाहक हो ।
      • यो योजनाबद्ध र स्वभाविक पनि हुन सक्छ ।
      • यो श्रृंखलाबद्ध हुन्छ ।
        error: Content is protected !!

        Review My Order

        0

        Subtotal